डोटी - डडेल्धुरा–डोटी जोड्ने डा. केआईसिंह राजमार्ग आजदेखि दैनिक चार घण्टा अवरुद्ध हुने भएको छ ।
डडेल्धुराको स्याउलेदेखि डोटीको दिपायल जोड्ने राजमार्गको रडुवामा पहिरो रोकथाम तथा सडक स्तरोन्नतिको कार्य सञ्चालन हुने हुँदा एक हप्तासम्म याे राजमार्ग दैनिक चार घण्टा सडक अवरुद्ध हुने भएको सडक डिभिजन कार्यालय कुलपाते डोटीले जनाएको छ ।
सडक डिभिजन कार्यालय कुलपातेका अनुसार आजदेखि असार ४ गतेसम्म बिहानको ११ बजेदेखि दिउँसोको ३ बजेसम्म सडक पूर्णरुपमा अवरुद्ध हुने भएको छ । सडक डिभिजन कुलपातेले सडक अवरुद्...