तनहुँको विमलनगरदेखि घाँसीकुवा सडकखण्ड आजदेखि १० दिनसम्म राति चार घण्टा बन्द हुने

काठमाण्डौ – पृथ्वी राजमार्गअन्तर्गत तनहुँको विमलनगरदेखि घाँसीकुवा सडकखण्ड आजदेखि १० दिन दैनिक चार घण्टा बन्द हुने भएको छ ।  मुग्लिन–पोखरा सडक विस्तार योजनाअन्तर्गत यो खण्डमा काम गर्नका लागि आज राति १२ बजेदेखि दैनिक चार घण्टा राजमार्ग बन्द गर्न लागिएको हो । मुग्लिन पोखरा सडकखण्डको विस्तार कार्यअन्तर्गत यो खण्ड आज राति १२ बजेदेखि बिहान ४ बजेसम्म यो खण्ड बन्द हुने सहायक प्रमुख जिल्ला अधिकारी काशीराम गैह्रेले जानकारी दिनुभयो । अत्यावश्यक सेवाका गाडी भने जुनसुकै बेला चल्ने योजना प्रमुख नरेन्द्र सुवेदीले जानक...