बारा : सर्वोच्चको निर्णय सच्याउन निजगढमा आन्दोलन चर्केको छ। अन्तरराष्ट्रिय विमानस्थल निर्माणमा रोक लगाउने सर्वोच्चको निर्णयविरुद्ध बाराको निजगढमा आन्दोलन चलिरहेको छ।आन्दोलनको आज ११ औँ दिन हाे। निजगढ सार्वजनिक सरोकार समितिले दैनिक २/२ घण्टा गर्दै आएको आन्दोलनलाई आजदेखि बढाएर ४ घण्टा गरेको छ। आन्दोलनले महेन्द्र राजमार्ग भएर गुड्ने सयौँ गाडी अलपत्र परेका छन्।दिउँसो २ बजेदेखि सुरु गरेको आन्दोलन साँझ ६ बजेसम्म गर्ने सरोकार समितिले जनाएको छ। स्वस्फूर्त रुपमा आज निजगढवासीले वृहत् मानव सा