काठमाडौँ – प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग गर्दै सोमबार पनि कानुन व्यवसायीले कालोपट्टि बाँधेर प्रदर्शन गरिरहेका छन्। नेपाल बार एसोसिससनको नेतृत्वमा कानुन व्यवसायीले सर्वोच्च अदालत र नेपाल बार एसोसियसनको परिसरमा प्रदर्शन गरेका हुन्। बारले बुधबारसम्म दैनिक एक घण्टा कालोपट्टि बाँधेर आइतबारदेखि प्रदर्शन सुरु गरेको हो। बुधबारसम्म पनि प्रधानन्यायाधीशले राजीनामा नदिए आन्दोलनका थप कार्यक्रम सार्वजनिक गर्ने […]