बारले गरिरहेको आन्दोलनको विरोधमा कानुन व्यवसायीको प्रदर्शन

काठमाडौं । नेपाल बार एसोसिएसनले गरिरहेको आन्दोलनको विरोधमा कानुन व्यवसायीसहितले प्रदर्शन गरेका छन् । 'दबावको शासन अन्त्य गर, विधिको शासन कायम गर' भन्दै उनीहरूले शुक्रबार बानेश्वरमा प्रर्दशन गरेका हुन् । कानुन व्यवसायीसहितले 'बेन्च बहिस्कार अन्त्य गर' गर्नुपर्ने भन्दै नाराबाजी गरेका थिए । कार्यक्रममा अधिवक्ता स्वागत नेपालले न्यायधीशले बेन्च बहिष्कार गर्दा आमजनता समस्यामा परेको बताए ।...