संसद बैठकको कार्यसूची सार्वजनिक

काठमाडौं : संघीय संसद सचिवालयले प्रतिनिधिसभा बैठकको कार्यसूची सार्वजनिक गरेको छ। माघ २६ गते बुधबारका लागि बोलाइएको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले थारु आयोगको तेस्रो वार्षिक प्रतिवेदन पेश गर्ने संभावित कार्यसूची रहेको छ। साथै सभामुखले नेपाली कांग्रेसका तर्फबाट संविधानसभा सदस्य ७८ वर्षीय जगतबहादुर ताजपुरियाको निधनमा शोक प्रस्ताव पेश गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ । अमेरिकी सहयोग परियोजना एमसिसी टेबल हुने चर्चा भए पनि संभावित कार्यसूचीमा राखिएको छैन। 

सम्बन्धित सामग्री

बुधबार बस्ने प्रतिनिधिसभा बैठकको सम्भावित कार्यसूची तय

प्रतिनिधिसभाको बैठक बुधबार बस्दै छ । बुधबार बिहान ११ बजे बस्ने बैठकको सम्भावित कार्यसूची सार्वजनिक गरिएको हो । सम्भावित कार्यसूची दुई बुँदे रहेको छ । पहिलो बुँदामा सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने रहेको छ । साथै दोस्रो बुँदामा गृह मन्त्री बालकृष्ण खाणले कारागार विधेयक, २०७८ माथि राष्ट्रिय सभाबाट भएको संशोधनमाथि विचार गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने रहेको छ ।

सोमबार बस्ने प्रतिनिधिसभा बैठकको सम्भावित कार्यसूची सार्वजनिक

संघीय संसद सचिवालयले सोमबार बस्ने प्रतिनिधिसभाको बैठकको सम्भावित कार्यसूची सार्वजनिक गरेको छ । सोमबार ११ बजे बस्ने प्रतिनिधि सभाको बैठकको सम्भावित कार्यसूची सार्वजनिक गरेको हो ।संघीय संसदका महासचिव डा भरतराज गौतमका अनुसार सभामुख अग्निप्रसाद सापकोटाले यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने विधेयक, २०७९ माथि विचार गरियोस् भनी प्रस्ताव पेश गर्ने र कानुन मन्त्री  गोविन्द प्रसाद शर्मा कोइरालाले फौजदारी कसूर तथा फौजदारी कार्यविधि सम्बन्धि केही ऐन संशोधन गर्ने विद्येयक २०७९ माथि विचार गरियोस्

भोलि बस्ने संसद बैठकको सम्भावित कार्यसूची तय

संसद सचिवालयले प्रतिनिधिसभाको मंगलबार बस्ने बैठकको सम्भावित कार्यसूची तय गरेको छ ।  सचिवालयले ५ वटा सम्भावित कार्यसूची तय गरेको हो ।जसमा राष्ट्रपतिबाट प्राप्त अधिवेशन आह्वान सम्बन्धि पत्र पढेर सुनाउने, मन्त्रिपरिषद गठनसम्बन्धी पत्र,अध्यक्षता गर्ने सदस्यको मनोनयन,दुई अध्यादेश पेश र विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफल रहेको छ ।

संसद बैठकको संभावित कार्यसूची सार्वजनिक

काठमाडौं : प्रतिनिधिसभाको आइतबार(भोलि) बस्ने प्रतिनिधिसभा बैठकको संभावित कार्यसूची सार्वजनिक भएको छ। संघीय संसद सचिवालयले सार्वजनिक गरेको संभावित कार्यक्रममा एमसिसीमा छलफल गर्ने कार्यसूची तय गरेको छ। सत्तारुढ दलहरुबीच नै एमसिसीका विषयमा सहमति नभएपछि लगातार दुई पटक सूचना टाँसेर बैठक स्थगित भएको थियो। अमेरिकाले एमसिसी सम्झौता यहि १६ गतेभित्र पास गर्नुपर्ने समयसीमा दिएपछि दलहरु अहिले पनि आन्तरिक र बाह्य छलफलमा जुटेका छन्। प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धनका घटक नेकपा

भोलिको संसद बैठकको कार्यसूची सार्वजनिक, एमसिसीमा छलफल

काठमाडौं : बिहीबार बस्ने प्रतिनिधिसभा बैठकको संभावित कार्यसूची सार्वजनिक गरिएको छ। संघीय संसद सचिवालयले सार्वजनिक गरेको कार्यसूची अनुसार अमेरिकी सहयोग एमसिसीका विषयमा छलफल अघि बढ्ने उल्लेख छ। अर्थ मन्त्री जनार्दन शर्माले नेपाल सरकार र अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेशन एमसिसीबीच भएको अनुदान सहायता सम्झौतामाथि सामान्य छलफलको कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ । गत फागुन ८ गते बसेको संसद बैठकमा अर्थमन्त्री शर्मा अनुपस्थित भएपछि संचार मन्त्री ज्ञानेन्द्रबहादुर

संसद बैठकको कार्यसूची तयार: परेन एमसीसी

काठमाडौँ । सभामुख अग्नि सापकोटाले आजको संसद बैठकको कार्यसूचीमा एमसीसी नराख्ने निर्णय बताएका छन् । दलहरुबीच सहमति नजुटेको भन्दै सभामुखले एमसीसीलाई कार्यसूचीमा नराख्ने निर्णय बताएका हुन् । संसद सचिवालयका अनुसार प्रतिनिधि सभाको बैठक बसे पनि एमसीसी भने टेबल हुने छैन । आजको संसद बैठकको कार्यसूची तय गर्न सभामुखले कार्यव्यवस्थाको बैठक बसालेका थिए । बैठकमा कानुनमन्त्री […]

बिहीबार बस्ने प्रतिनिधिसभा बैठकको कार्यसूची सार्वजनिक

काठमाडौँ–  बिहीबार बस्ने प्रतिनिधिसभा बैठकको सम्भावित कार्यसूची सार्वजनिक भएको छ। संसद सचिवालयका महासचिव भरतराज गौतमका अनुसार भोलिको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपतिबाट प्राप्त अध्यादेश खारेजसम्बन्धी पत्र पढेर सुनाउने कार्यसूची छ। यस्तै, प्रधानमन्त्री शेरबहादुर देउवाले महालेखा परीक्षणको ५८ औँ वार्षिक प्रतिवेदन २०७८ पेश गर्ने कार्यसूची छ। सभामुख सापकोटाको भूमिकालाई लिएर प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले भदौ […]

यस्तो छ आजको संसद बैठकको कार्यसूची

संघीय संसद् अन्तरगत प्रतिनिधिसभाको आज बैठक बस्दैछ । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने भएपछि आज बैठक बस्न लागेको हो । बैठक १ बजे सुरु हुने भनिएको छ ।आजको बैठकको यस्तो छ कार्यसूची

शुक्रबार बस्ने राष्ट्रियसभा बैठकको यस्तो छ कार्यसूची

राष्ट्रियसभा कार्यव्यवस्था परामर्श समितिको बैठकले शुक्रबार बस्ने राष्ट्रियसभा बैठकको सम्भावित कार्यसूची तय गरेको छ