नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको कारवाहीमा परेका हेमन्तप्रकाश ओली ‘सुदर्शन’ र धर्मेन्द्र बास्तोला पक्षले केन्द्रीय समिति बैठक बोलाएका छन् । पार्टीले कारवाही गरेपछि ओली र बास्तोला पक्षले केन्द्रीय समितिमा बहुमत जुटाउन बिहीबार आफू पक्षीय केन्द्रीय समिति बैठक बोलाएका हुन् । केन्द्रीय समिति बैठकबाट आधिकारिक निर्णय गरेर मात्रै स्टेप चाल्ने ओलीले बताए ।‘अब कुरा सिधा छ । हामी केन्द्रीय समितिका साथीहरुसँग भोलि नै बस्छौ । छलफल गरेर निर्णय गर्छौ ।