डा.तोसिमा कार्कीको उम्मेदवारी बदर गर्न माग गर्दै निर्वाचन आयोगद्वारा सर्वोच्चमा रिट

 प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं.३ की उम्मेदवार  डा. तोसिमा कार्कीको उम्मेदवारी कायम राख्न सर्वोच्च अदालतले दिएको आदेश बदर गर्न माग गर्दै निर्वाचन आयोगले सर्वोच्च अदालतमा निवेदन दिएको छ । सर्वोच्चका न्यायधिश डा. कुमार चुडालको एकल इजलाशले डा. तोसिमा कार्कीको  उम्मेदवारी खारेज गर्ने निर्वाचन आयोगको निर्णय कार्यन्वयन नगर्न र उनको उम्मेदवारी कायम राख्न अन्तरिम आदेश दिएको थियो ।अदालतले सोहि आदेश विरुद्द निर्वाचन आयोगमा निवेदन दिएको हो । आयोगले भनेको छ ' ललितपुर जिल्ला क्षेत्र नं.३ बाट पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ प्रतिनिधिसभा सदस्य उम्मेदवार डा.तोसिमा कार्कीको उम्मेदवारीका विषयमा सर्वोच्च अदालतबाट २०७९।७।१५ मा भएको अन्तरिम आदेश बदर गरीपाउँ भनी शुक्रबार निर्वाचन आयोगले सर्वोच्च अदालतमा निवेदन गरेको छ।'निर्वाचन आयोगले लाभको पदमा रहेको भन्दै आफ्नो उम्मेदवारी खारेज गरिदिएपछि डा. तोसिमा कार्कीले सर्वोच्च अदालतमा रिट दायर गरेकी थिइन्।  उनले निर्वाचन आयोग नेपाल कान्तिपथ काठमाडौ , मुख्य निर्वाचन अधिकृतको कार्यालय ललितपुर जिल्ला प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं.३  र  नेपाल मेडिकल काउन्सिल बाँसबारी काठमाडौलाई विपक्षी बनाएर रिट दायर गरेकी थिइन्। अदालतले प्रतिनिधि सभा सदस्यको निर्वाचनको उम्मेदवारीको सन्दर्भबाट निवेदकलाई हुन सक्ने अपूरणीय क्षति (ireparable damage) को स्थिति तथा सुविधाको सन्तुलन (balance of convenience) समेतको रोहबाट प्रस्तुत रिट निवेदनको अन्तिम टुंगो नलागेसम्म निवेदक डा. तोसिमा कार्कीको प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. ३ ललितपुरको उम्मेदवारी अयोग्य हुने गरी निर्वाचन आयोग नेपालले मिति २०७९।०७।१२ मा गरेको निर्णय कार्यान्वयन नगर्नु, नगराउनु, निवेदकको उम्मेदवारी खारेज नगर्नु, नगराउनु, निजको उम्मेदवारी समेतलाई यथावत कायम राखी निर्वाचन प्रक्रिया अगाडि बढाउनु भनी अन्तरिम आदेश जारी गरेको थियो।  अदालतले उनको उम्मेदवारी खारेज गरेको विषयमा आयोगको नाममा कारण देखाउ आदेश समेत जारी गरेको थियो।  अदालतको सोहि आदेश बिरुद्द आयोग सर्वोच्च मै गएको हो ।

सम्बन्धित सामग्री

मतपरिणाम बदर गर्न माग गर्दै झलनाथ खनालद्वारा सर्वोच्चमा रिट

काठमाण्डाै - सर्वोच्च अदालतमा पूर्व प्रधानमन्त्री एवम् नेकपा (एकीकृत समाजवादी) का नेता झलनाथ खनालले आफू उम्मेदवार रहेको इलाम–१ को निर्वाचन बदर गर्न माग गर्दै हिजाे मङ्गलवार रिट निवेदन दायर गर्नुभएको छ। रिट निवेदनमा निर्वाचन अधिकृतले गरेको निर्वाचन परिणाम घोषणा बदर गरी पुनः मतदान हुनुपर्ने माग छ । संवैधानिक इजलासमा दायर गरिएको रिट निवेदनमा निर्वाचन आयोग, इलाम–१ को निर्वाचन अधिकृतको कार्यालय, इलामको मुख्य निर्वाचन अधिकृत, जिल्ला निर्वाचन कार्यालय इलाम, जिल्ला निर्वाचन अधिकारीसहित सङ्घीय संसद् सचिवा...

इलाम–१ को मतपरिणाम बदर गर्न माग गर्दै खनालद्वारा सर्वोच्चमा रिट

काठमाडौं  : नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालले आफू उम्मेदवार रहेको इलाम–१ को निर्वाचन बदर गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका छन्। धाँधली गरी आफ्ना प्रतिस्पर्धीलाई विजयी गराइएको भन्दै खनालले मंगलबार सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका हुन्।संवैधानिक इजलासमा दायर गरिएको रिट निवेदनमा खनालले निर्वाचन आयोग, इलाम–१ को निर्वाचन अधिकृतको कार्यालय, इलामको मुख्य निर्वाचन अधिकृत, जिल्ला निर्वाचन कार्यालय इलाम, जिल्ला निर्वाचन अधिकारीसहित संघीय संसद् सच

हारेपछि मतपरिणाम बदर गर्न माग गर्दै झलनाथ खनालद्वारा सर्वोच्चमा रिट

सर्वोच्च अदालतमा पूर्व प्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का नेता झलनाथ खनालले आफू उम्मेदवार रहेको इलाम–१ को निर्वाचन बदर गर्न माग गर्दै आज रिट निवेदन दाएर गर्नुभएको छ । रिट निवेदनमा निर्वाचन अधिकृतले गरेको निर्वाचन परिणाम घोषणा बदर गरी पुनः मतदान हुनुपर्ने माग छ । संवैधानिक इजलासमा दायर गरिएको रिट निवेदनमा निर्वाचन आयोग, इलाम–१ को […]

मतपरिणाम बदर गर्न माग गर्दै खनालद्वारा सर्वोच्चमा रिट

सर्वोच्च अदालतमा पूर्व प्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का नेता झलनाथ खनालले आफू उम्मेदवार रहेको इलाम–१ को निर्वाचन बदर गर्न माग गर्दै रिट निवेदन दाएर गर्नुभएको छ । रिट निवेदनमा निर्वाचन अधिकृतले गरेको निर्वाचन परिणाम घोषणा बदर गरी पुनः मतदान हुनुपर्ने माग छ । संवैधानिक इजलासमा दायर गरिएको रिट निवेदनमा निर्वाचन आयोग, इलाम–१ को निर्वाचन …

मतपरिणाम बदर गर्न माग गर्दै झलनाथ खनालद्वारा सर्वोच्चमा रिट

काठमाडौँ – सर्वोच्च अदालतमा पूर्व प्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का नेता झलनाथ खनालले आफू उम्मेदवार रहेको इलाम–१ को निर्वाचन बदर गर्न माग गर्दै आज रिट निवेदन दायर गरेका छन् । रिट निवेदनमा निर्वाचन अधिकृतले गरेको निर्वाचन परिणाम घोषणा बदर गरी पुनः मतदान हुनुपर्ने माग छ । संवैधानिक इजलासमा दायर गरिएको रिट निवेदनमा निर्वाचन आयोग, […]

रूपन्देहीका राजु गुरुङद्वारा सर्वोच्चमा रिट दायर

काठमाडौं ।  निर्वाचन अधिकृतको कार्यालय रूपन्देही क्षेत्र नं २ का उम्मेदवार राजु गुरुङको उम्मेदवारी खारेज गर्ने निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरिएको छ । गुरुङले कार्यालयको निर्णय बदर गर्न माग गर्दै बिहीबार रिट दायर गर्नुभएको हो । रिटमा निर्वाचन आयोग, नेपाल राष्ट्र बैंक, कर्जा सूचना केन्द्र, सिद्धार्थ बैंक, निर्वाचन अधिकृतको कार्यालय, रूपन्देही जिल्ला प्रतिनिधि सभा […]