काठमाडौं : नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालले आफू उम्मेदवार रहेको इलाम–१ को निर्वाचन बदर गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका छन्। धाँधली गरी आफ्ना प्रतिस्पर्धीलाई विजयी गराइएको भन्दै खनालले मंगलबार सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका हुन्।संवैधानिक इजलासमा दायर गरिएको रिट निवेदनमा खनालले निर्वाचन आयोग, इलाम–१ को निर्वाचन अधिकृतको कार्यालय, इलामको मुख्य निर्वाचन अधिकृत, जिल्ला निर्वाचन कार्यालय इलाम, जिल्ला निर्वाचन अधिकारीसहित संघीय संसद् सच