कञ्चनपुर : शिक्षाको गुणस्तर बढाउन शुक्लाफाँटा नगरपालिकामा रहेका सामुदायिक विद्यालयमा ‘शिक्षक डायरी’ लागू गरिएको छ।शिक्षकलाई आवश्यक पर्ने विभिन्न तथ्य र दैनिक कार्यसँग सम्बन्धित प्रारूप शिक्षक डायरीमा उल्लेख गरिएको छ।शिक्षकको दैनिक, त्रैमासिक एवं वार्षिक योजना र सम्पादित कार्यको अभिलेख तयार पार्न सघाउ पुर्याउने उद्देश्यले शिक्षक डायरी विकसित गरिएको हो।शिक्षण कार्यलाई सरल, सहज र रुचिकर बनाउने तथा शिक्षकको पेशागत विकासका लागि विद्यालयमा अनिवार्य रूपमा शिक्षक डायरी लागू गरिएको