माल्दिभ्सका पर्यटनमन्त्री पोखरामा, राष्ट्रिय फोटो पत्रकार समूहको फोटो प्रदर्शनी उद्घाटन

पोखरा । पर्यटकीय नगरी पोखरामा राष्ट्रिय फोटो पत्रकार समूह, नेपाल (एनएफपीजे) को साहसिक पर्यटन फोटो प्रदर्शनी शुरू भएको छ। पोखराको होटल ग्राण्डीमा शुरू प्रदर्शनी माल्दिभ्सका पर्यटनमन्त्री अब्दुल्लाह मौसुम र नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत धनञ्जय रेग्मीले संयुक्त रूपमा उद्घाटन गरेका थिए । प्रदर्शनीको उद्घाटन गर्दै माल्दिभ्सका पर्यटनमन्त्री मौसुमले फोटो पत्रकारहरूले खिचेका उत्कृष्ट फोटोहरू देखेर निकै नै खुसी लागेको बताए । 'म आज यहाँ उपस्थित हुँदा नेपालको सबै ठाउँ पुगेको जस्तो अनुभूति भएको छ,' उनले भने, 'पर्यटन प्रवर्द्धनमा फोटोले महत्त्वपूर्ण भूमिका खेल्ने भन्दै नेपालका आकर्षक ठाउँहरूका फोटो अवलोकन गर्ने अवसर दिएकोमा आयोजक एनएफपीजेलाई धन्यवाद ।' एनएफपीजेले मन्त्री मौसुमलाई मायाको चिनोस्वरूप फोटो बुक पनि प्रदान गरेको छ । माल्दिभ्सका पर्यटनमन्त्रीसँगै दक्षिण एशियाका विभिन्न विशिष्ट व्यक्तिहरूले उक्त प्रदर्शनी अवलोकन गरेका थिए । पाटासँगको सहकार्यमा आज मंगलबारदेखि शुरू चारदिने प्रदर्शनी शुक्रबारसम्म चल्नेछ। एसिया प्रशान्त क्षेत्रका ट्राभल संघ-संस्थाको छाता संंस्था ‘प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा)’ को  वार्षिक शिखर सम्मेलन र एडभेन्चर ट्राभल मार्टमा भाग लिन मन्त्री मौसुमसहित विभिन्न मुलुकका करीब १६० जना पाहुना, क्रेता र विक्रेता गरी करीब २५० जना पोखरा आएका छन् । सम्मेलनमा सहभागी हुने राष्ट्रिय अन्तरराष्ट्रिय ट्राभल उद्योगका ख्यातिप्राप्त वक्ताहरूले दिगो पर्यटन, संकट व्यवस्थापन, हवाई सुरक्षा, सामाजिक सञ्जाल, साहसिक र पर्वतीय पर्यटनलगायत विषयमा छलफल चल्नेछ । शिखर सम्मेलन विभिन्न देशका पर्यटन व्यवसायी सहभागी हुने भएकोले एकअर्का मुलुकबीचको पर्यटन सम्भावना र अवसरबारे अनुभव साटासाट हुनेछ। नेपालले तेस्रो पटक एडभेन्चर मार्ट र पहिलो पटक पाटा वार्षिक शिखर सम्मेलन आयोजना गर्न लागेको हो ।  नेपालको आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले देशका विभिन्न स्थानमा खिचिएका उत्कृष्ट पर्यटकीय र साहसिक फोटोहरू राखिएको आयोजक एनएफपीजेका केन्द्रीय सदस्य तथा कार्यक्रम संयोजक सुनिल शर्माले जानकारी दिए ।  प्रदर्शनीमा करीब ३० फोटो पत्रकारहरूले खिचेका ६० भन्दाबढी फोटोहरू राखिएको छ  । फोटो: सुनिल शर्मा/आर्थिक अभियान

सम्बन्धित सामग्री

राष्ट्रिय फोटो पत्रकार समूहद्वारा चीनमा फोटो प्रदर्शनी

राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपीजे नेपाल)ले चीनमा फोटो प्रदर्शनी आयोजना गरेको छ ।

राष्ट्रिय फोटो पत्रकार समूहद्वारा चीनमा प्रदर्शनी - Nepal Japan

राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालले चीनमा फोटो प्रदर्शनी आयोजना गरेको छ । चीनको विन्जाओ फ

चीनमा नेपाली फोटो पत्रकारको फोटो प्रदर्शनी

राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे नेपाल) ले चीनमा फोटो प्रर्दशनी आयोजना गरेको छ।

विश्व फोटोग्राफी दिवस : पाटन दरबार क्षेत्रमा फोटो प्रदर्शनी

३ भदौ, ललितपुर । विश्व फोटोग्राफी दिवसका अवसरमा पाटन दरबार क्षेत्रमा फोटो प्रदर्शनी गरेको छ । एक सय ८५औँ विश्व फोटोग्राफी दिवसका अवसरमा आज राष्ट्रिय फोटो पत्रकार समूह नेपाल (एनएफपिजे)ले पाटन दरबार क्षेत्रमा फोटो प्रदर्शनी …

नेपालको पर्यटन र जात्रा झल्किने तस्बिरहरु प्रदर्शनीमा

काठमाडौं। वसन्तपुरमा पर्यटनसम्बन्धी फोटो प्रदर्शनी जारी छ।दुई दिनसम्म चल्ने प्रदर्शनी वैशाख १ गतेबाट शुरु भएको हो। नेपालको पर्यटन र जात्रा भल्किने तस्बिरहरु प्रदर्शनीमा राखिएको छ। साथै पर्यटन प्रवद्र्धनका लागि विभिन्न चरणमा विभिन्न कार्यक्रमहरु पनि आयोजना भइरहेको छ। प्रदर्शनीमा ६० वटा तस्बिर राखिएको छ। राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपीजे) ले आयोजना गरेको प्रदर्शनी आज समापन हुनेछ।

काठमाडौंमा ‘जात्रा पर्व, हाम्रो गर्व’ फोटो प्रदर्शनी (तस्बिरहरु)

काठमाडौँ । राष्ट्रिय फोटो पत्रकार समूह, नेपाल (एनएफपिजे)ले २५ औं रजत जयन्तीको अवसर पारेर जात्रा पर्व, हाम्रो गर्व : सेतो मछिन्द्रनाथ रथ जात्रा विशेष फोटो प्रदर्शनी आयोजना गरेको छ । बिहीबारदेखि तीन दिनसम्म चल्ने फोटो प्रदर्शनी काठमाडौँ महानगरपालिका २७ का वडाध्यक्ष योगेश खड्गी, असन सेवा समितिका अध्यक्ष यज्ञरत्न तुलाधर र जात्रा व्यवस्थापन समितिका संयोजक सुजिब […]

बंगलादेशको ढाकामा नेपालका फोटो पत्रकारको फोटो प्रदर्शनी

काठमाडौं, १० साउन । राष्ट्रिय फोटो पत्रकार समूह नेपालको रजतमहोत्सवका अवसरमा बङ्लादेशको ढाकामा फोटो प्रदर्शनी गरिएको छ । मुलुकको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले ढाकामा फोटो प्रदर्शनी गरिएको हो । उक्त समूहका अध्यक्ष तथा राससका फोटो पत्रकार प्रदीपराज वन्त र कोषाध्यक्ष सागर श्रेष्ठले ढाकामा फोटो प्रदर्शनीमार्फत नेपाल घुम्न जाउँ भनी सन्देश प्रवाह गरेका छन्। उनीहरुले नेपाल […]

नेपालको पर्यटन प्रर्वद्धनका लागी बंगलादेशमा 'अमेजिङ नेपाल'फोटो प्रदर्शनी

काठमाडौं । राष्ट्रिय फोटो पत्रकार समूह नेपालको रजतमहोत्सवका अवसरमा मुलुकको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले सोमबार बंगलादेशको राजधानी ढाकामा फोटो प्रदर्शनी गरेको छ । राष्ट्रिय फोटो पत्रकार समूह नेपालका अध्यक्ष एवं राससका फोटो पत्रकार प्रदीपराज वन्त र कोषाध्यक्ष सागर श्रेष्ठले सोमबार ढाकामा फोटो प्रदर्शनीमार्फत नेपाल घुम्न जान प्रेरित गर्ने उदेश्यले फोटो प्रदर्शन...

सल्यानको परिचय झल्कने फोटो प्रदर्शनी

सल्यान : राष्ट्रिय फोटो पत्रकार समूह सल्यानले पहिलो पटक फोटो प्रदर्शनी गरेको छ।जिल्लाको ऐतिहासिक, धार्मिक, पर्यटकीय, संस्कृति झल्कने ७२ भन्दा बढी फोटो शनिबार खलंगामा प्रदर्शनी गरिएको छ। सल्यानका १० वटै पालिकाका भित्रका रहेका पर्यटन झल्कने विभिन्न तस्वीरहरू प्रदर्शनी गरिएको राष्ट्रिय फोटो पत्रकार समूह सल्यानका अध्यक्ष वामदेव केसीले बताए।प्रदर्शनीमा ५० वर्ष पहिले खिचेकादेखि हालसम्मका फोटोहरू राखिएको छ। विभिन्न १८ फोटो पत्रकारले खिचेका फोटोलाई प्रदर्शनीमा राखिएको केसीले बताए।सल्यानलाई पर्यटकीय गन्त