नेपालको पर्यटन र जात्रा झल्किने तस्बिरहरु प्रदर्शनीमा

काठमाडौं। वसन्तपुरमा पर्यटनसम्बन्धी फोटो प्रदर्शनी जारी छ।दुई दिनसम्म चल्ने प्रदर्शनी वैशाख १ गतेबाट शुरु भएको हो। नेपालको पर्यटन र जात्रा भल्किने तस्बिरहरु प्रदर्शनीमा राखिएको छ। साथै पर्यटन प्रवद्र्धनका लागि विभिन्न चरणमा विभिन्न कार्यक्रमहरु पनि आयोजना भइरहेको छ। प्रदर्शनीमा ६० वटा तस्बिर राखिएको छ। राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपीजे) ले आयोजना गरेको प्रदर्शनी आज समापन हुनेछ।

सम्बन्धित सामग्री

पर्यटन महोत्सवमा फोटो प्रदर्शनी [तस्वीरहरू]

काठमाडौं । नयाँ वर्षको अवसरमा काठमाडौं (Kathmandu)को वसन्तपुर (Basantpur) मा आयोजित दुई दिने पर्यटन महोत्सव सम्पन्न भएको छ । मल्टिमिडिया ग्रुपले आयोजना गरेको उक्त महोत्सवमा पर्यटन (Tourism)सँग सम्बन्धित छलफलसँगै फोटो प्रदर्शनी गरिएको थियो ।   महोत्सवका अवसरमा राष्ट्रिय फोटो पत्रकार समूहले फोटो प्रदर्शनी आयोजना गर्‍यो । प्रदर्शनीमा देशभरका मुख्य पर्यटकीय गन्तव्य, संस्कृति, जात्रा, साहसिक खेल, वन्यजन्तु तथा अन्य पर्यटन झल्किने फोटो प्रदर्शनीमा राखिएका थिए ।  प्रदर्शनी संयोजक घनश्याम श्रेष्ठले प्रदर्शनीमा करिब ६० ओटा तस्वीर राखिएको जानकारी दिए ।  स्वदेशी तथा विदेशी पर्यटकहरूले अवलोकन गरेको फोटो प्रदर्शनीका तस्वीरहरुले देश विदेशमा नेपालको पर्यटन प्रचारप्रसार तथा प्रर्वद्धन गर्न थप टेवा पुगेको राष्ट्रिय फोटो पत्रकार समूहका अध्यक्ष प्रदीपराज वन्तले बताए । प्रदर्शनी नेपाल पर्यटन बोर्डको सहयोग र जरुवाको प्राविधिक सहयोगमा आयोजना गरिएको हो ।

आजको नेपालको पर्यटन भनेको नेपालीपनको संस्कृति : पर्यटनमन्त्री

काठमाडौँ- संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले आजको नेपालको पर्यटन भनेको नेपालीपनको संस्कृति भएको बताएका छन् ।​ न्यकू जात्रा मतयाः व्यवस्था समितिको रजत जयन्ती समारोहका अवसरमा शनिबार ललितपुरमा आयोजित कार्यक्रममा उनले प्रकृति सम्पदा र मानव सम्पदालाई मिसाएर निर्माण हुने नेपालीपनको संस्कृति नै आजको नेप...