३७ करोड खराब कर्जा उठाउन सफल आरम्भ चौतारी लघुवित्तको मुनाफा उच्च

काठमाडौं, १२ बैशाख । आरम्भ चौतारी लघुवित्त वित्तीय सस्थाले चालु आर्थिक वर्षको वित्तीय विवरण सार्वजनिक गरेको छ । संस्थाले सार्वजनिक गरेको विवरण अनुसार त्रैमाससम्ममा सस्थाले ७ करोड ८३ लाख ३६ हजार खुद मुनाफा गरेको छ । २ करोड ६८ लाख ६८ हजार खुद नाफा कमाएको संस्थाले यो चालु आवमा २.९१ ग्ुाण बढी नाफा गरेको छ […]

सम्बन्धित सामग्री

प्रोभिजनका कारण यस वर्ष ३७.१९% घट्यो आरम्भ चौतारी लघुवित्तको नाफा

वैशाख १२, काठमाडौं । चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडले रू. ४ करोड ९२ लाखभन्दा बढी खुद नाफा गरेको छ ।  सोमवार सार्वजनिक कम्पनीको उक्त अवधिसम्मको अपरिस्कृत वित्तीय विवरण अनुसार गत वर्षको भन्दा यस वर्ष खुद नाफा ३७ दशमलव १९ प्रतिशत कम भएको हो । गत वर्ष यस अवधिसम्म कम्पनीले रू. ७ करोड ८३ लाखभन्दा बढी खुद नाफा गरेको थियो ।  यस वर्ष सम्भावित जोखिम शीर्षकमा रू. २ करोड ७१ लाखभन्दा बढी रकम छुट्याएका कारण कम्पनीको सञ्चालन नाफा ४२ प्रतिशत कम भएकाले खुद नाफामा असर परेको हो ।  गत वर्ष रू. १२ करोडभन्दा बढी सञ्चालन नाफा गरेको कम्पनीले यस वर्ष रू. ६ करोड ९८ लाखभन्दा बढी मात्र यो नाफा गरेको छ । खराब कर्जा संकलन गत वर्षभन्दा ११९ दशमलव १० प्रतिशत बढेको छ । गत वर्ष रू. ३७ लाखभन्दा बढी खराब कर्जा संकलन गरेको कम्पनीले यस वर्ष रू. ८२ लाखभन्दा बढी संकलन गरेको छ । हाल कम्पनीको चुक्तापूँजी रू. ३६ करोड ७१ लाख ४३ हजार रहेको छ । जगेडा कोष रकम गत वर्षभन्दा ५ दशमलव शून्य ९ प्रतिशत बढेर रू. १३ करोड ५ लाखभन्दा बढी कायम भएको छ ।  विभिन्न बैंक तथा वित्तीय संस्थाहरुबाट गत वर्षभन्दा साढे ४५ प्रतिशत बढी रू. ३ अर्ब ५३ करोड ८७ लाख कर्जा सापटी लिएको कम्पनीले ४० प्रतिशत बढी रू. ५ अर्ब ४७ करोड १९ लाख कर्जा प्रवाह गरेको छ । यस वर्ष कम्पनीले गत वर्षभन्दा ३९ दशमलव ९९ प्रतिशत बढी रू. १ अर्ब ६५ करोड निक्षेप संकलन गरेको छ । निष्क्रिय कर्जा गत वर्ष ३ दशमलव ६५ प्रतिशत रहेकोमा यस वर्ष बढेर ४ दशमलव ७२ प्रतिशत पुगेको छ । कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी रू. १७ दशमलव ८७ र प्रतिशेयर नेटवर्थ रू. १३५ दशमलव ५५ रहेको छ । तेस्रो त्रैमाससम्म कम्पनीले ४ दशमलव ९२ प्रतिशत तरलता व्यवस्थापन गरेको छ ।

यस वर्ष ३०.२५% घट्यो आरम्भ चौतारी लघुवित्तको खुद नाफा

माघ ११, काठमाडौं । चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडले रू. ४ करोड ३५ लाखभन्दा बढी खुद नाफा गरेको छ ।  मंगलवार सार्वजनिक कम्पनीको उक्त अवधिसम्मको वित्तीय विवरण अनुसार गत वर्षभन्दा यस वर्ष खुद नाफा ३० दशमलव २५ प्रतिशत कम भएको हो । गत वर्ष यस अवधिसम्म कम्पनीले रू. ६ करोड २४ लाखभन्दा बढी खुद नाफा गरेको थियो ।  यस वर्ष सञ्चालन नाफा १ प्रतिशत मात्र बढेको छ । गत वर्ष रू. ६ करोड ७ लाखभन्दा बढी सञ्चालन नाफा गरेको कम्पनीले यस वर्ष रू. ६ हरोड ३२ लाखभन्दा बढी यो नाफा गरेको हो । गत वर्षभन्दा यस वर्ष कम्पनीको खराब कर्जा संकलन कम भएकाले खुद नाफा घटेको हो । गत वर्ष रू. ३ करोड ८२ लाखभन्दा बढी खराब कर्जा संकलन गरेको कम्पनीले यस वर्ष रू. ५८ लाख ५५ हजार मात्र संकलन गरेको हो ।  कम्पनीको हाल चुक्तापूँजी रू. ३६ करोड ९ लाख २३ हजार रहेको छ । जगेडा कोष रकम गत वर्षभन्दा यस वर्ष ४४ दशमलव ६७ प्रतिशत वृद्धि भई रू. १९ करोड १० लाख ४५ हजार कायम भएको छ । कम्पनीले गत वर्षभन्दा यसवर्ष ८० दशमलव ३९ प्रतिशत बढी रू. ३ अर्ब ४८ करोडभन्दा बढी कर्जा सापटी लिएको छ ।  गत वर्षभन्दा ४८ दशमलव ८१ प्रतिशत बढी रू. १ अर्ब ५७ करोड ९३ लाख निक्षेप संकलन गरेको कम्पनीले करीब २ प्रतिशत बढी रू. ५ अर्ब ४६ करोड ९२ लाख कर्जा प्रवाह गरेको छ ।  गत वर्ष ४ दशमलव ८२ प्रतिशत रहेको निष्क्रिय कर्जा यस वर्ष घटेर ३ दशमलव ९० प्रतिशतमा झरेको छ । कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी रू. २८ दशमलव ३७ र प्रतिशेयर नेटवर्थ रू. ४३ दशमलव २४ रहेको छ ।