अमेरिकाको जर्जिया राज्यमा ६ जना महिला समेत आठजना एसियाली मूलकका मानिसलाई मंगलवार गोली हानेर हत्या गरिएको छ ।
सबै हत्यामा संलग्न रहेको आरोप लागेका एक पुरुषलाई घटनाको घन्टौंपछि पक्राउ गरिएको छ ।
अधिकारीहरूले हिंसाको सम्भावित उद्देश्यका विषयमा केही नबताए पनि न्युयोर्क प्रहरी विभागको प्रतिआतंकवादी इकाइले एसियाली समुदाय बस्ने मानिसको क्षेत्रमा थप गश्ती गराउन थालेको छ ।
जर्जियामा रक्तपात स्थानीय समयअनुसार अपराह्न ५ बजे शुरू भएको थियो । चेरोकी काउन्टीमा रहेको एसियन मसाजमा गोली प्रहार गरिउको थियो ...