सत्तारुढ दल नेकपाभित्र वामदेव गौतमलाई राष्ट्रियसभामा लैजाने कि नलैजाने भन्ने विवाद गहिरिँदै जाँदा प्रधानमन्त्री केपी ओलीलाई शीर्ष नेताहरुले सचिवालय बैठकको निर्णय कार्यान्वयन गर्न सुझाव दिएका छन्।
काठमाडौँ : नयाँ सत्ता समीकरण बनेसँगै प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता गठबन्धनमा रहेका नेताहरू र जोडिनसक्ने दलका नेताहरूको दौडधुप चलिरहेको छ। गठबन्धन तोडेर नयाँ सहमति गरेको भोलिपल्ट आज बिहानैदेखि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गठबन्धनका चार दलका शीर्ष नेतासहित पुरानै गठबन्धनमा रहेका नेकपा एकीकृत समाजवादी, जनमत, लोसपा, नागरिक उन्मुक्तिलगायतका दलहरुसँग छलफल गरिरहेका छन्।नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी र जसपासँग सत्ता साझेदारीको सहमति भए पनि साना दलसमेत थपिने भएपछि मन्त्राल
७ फागुन, काठमाडौं । राष्ट्रपतिको निर्वाचन नजिकिँदै गर्दा नेपाली कांग्रेसका नेताहरुको बालुवाटार दौडधुप बाक्लिएको छ । कांग्रेस सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, नेता कृष्ण सिटौला र महामन्त्री गगनकुमार थापाले आइतबार साँझ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेका छन् । यसअघि शनिबार मात्र पूर्व उपसभापति विमलेन्द्र निधिले भेटेका थिए भने अरु नेताहरुले पनि भेटिरहेका छन् […]
काठमाडौं, पुस १० । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले नयाँ सरकारको पहिलो अढाइ वर्ष आफूले नेतृत्व गर्न पाउनुपर्ने प्रस्ताव गरेपछि धर्मराएको सत्ता गठबन्धनलाई जोगाउन शनिबार दिनभर नेताहरूले दौडधुप गरे। विगत डेढ वर्षदेखि सत्ता साझेदारीमा रहेका कांग्रेस-माओवादी केन्द्रबीच अब बन्ने नयाँ सरकारको सुरुको नेतृत्व कसले गर्ने भन्ने विषयमा सहमति जुटाउन नेताहरूको दौडधुप चलेको हो। कांग्रेस सभापति […]
काठमाडौं, २७ असार। सरकारले ल्याउन खोजेको नागरिकता र संसदमा दर्ता भएको संवैधानिक परिषद् विधेयकमा सहमति जुटाउन गृहमन्त्री बालकृष्ण खाणले सक्रियता बढाएका छन् । आइतबार साँझ नेकपा एमाले संसदीय दलका नेता सुवासचन्द्र नेम्वाङलाई भेटेका गृहमन्त्री खाणले सोमबार बिहान नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग छलफल गरेका छन् । जन्मसिद्धको आधारमा नागरिकता लिएकालाई बंशजको नागरिकता […]
काठमाडौँ – सरकारले ल्याउन खोजेको नागरिकता र संसदमा दर्ता भएको संवैधानिक परिषद् विधेयकमा सहमति जुटाउन गृहमन्त्री वालकृष्ण खाणले सक्रियता बढाएका छन्। आइतबार साँझ नेकपा एमाले संसदीय दलका नेता सुवासचन्द्र नेम्वाङलाई भेटेका गृहमन्त्री खाणले सोमबार बिहान नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गरेका छन् । जन्मसिद्धको आधारमा नागरिकता लिएकालाई वंशजको नागरिकता दिने विधेयक र […]
प्रतिनिधिसभामा फागुन ८ गते पेस भएको अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) सम्झौताबारे संसद्मा बिहीबारदेखि निर्णायक छलफल प्रारम्भ हुँदैछ।...
काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशन उद्घाटन सुरु हुनै लाग्दा नेताहरू भने सभापतिका लागि साझा उम्मेदवार छानोट गर्न जोडबल गरिरहेका छन् । संस्थापनइतर समूहमा साझा उम्मेदवार छनोट गर्न नेताहरुको दौडधुप छ । तर, सहमति जुट्न सकेको छैन । अहिले साझा उम्मेदवार तयका विषयमा छलफल गर्न बलबहादुर केसी, मीनेन्द्र रिजाल, गगन थापा लगायतका नेताहरू पौडेले निवास […]
देउवालाई प्रधानमन्त्री निवास बालुवाटारमा भेटेर चौथाइवालेले प्रधानमन्त्रीमा नियुक्त भएकोमा बधाईका साथै जनैपूर्णिमाको शुभकामनासमेत दिएका थिए। दुई नेताबीच भाजपा र नेपाली कांग्रेसबीचमा संवाद बनाइराख्ने सहमति भएको छ।...
काठमाडौं, साउन ४ । प्रतिनिधिसभाबाट आइतबार विश्वासको मत पाएका प्रधानमन्त्री शेरबहादुर देउवाले अब मन्त्रिपरिषद्लाई पूर्णता दिने भएका छन्। सत्ता गठबन्धनमा आबद्ध दलहरूसँगको परामर्शमा प्रधानमन्त्री देउवाले छिट्टै मन्त्रिपरिषद्लाई पूर्णता दिने भएका हुन्। गठबन्धन दलहरूबीच मन्त्रिपरिषद् विस्तार र सरकारको प्राथमिकताका विषयमा सैद्धान्तिक सहमति भएको जनाउँदै देउवा निकट एक नेताले भने, ‘अब विलम्ब नगरी मन्त्रिपरिषद् विस्तार गरेर सरकारले […]
काठमाडौं, जेठ २ । विभाजनको डिलमा पुगिसकेको एमालेको विवाद तत्काललाई हल भएसँगै एक महिनाका लागि सत्ताको दौडधुप रोकिएको छ ।एमालेभित्र अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भएको सहमतिअनुसार एक चरणमा शीर्ष नेताहरूबीच सहमतिलाई अन्तिम रूप दिने गृहकार्य अगाडि बढेको छ । नेपाल समूहका सांसदले राजीनामा गर्न तयार भइसकेको अवस्थामा अध्यक्ष ओली र […]