दाङ – दाङको बबई नदीदेखि तुलसीपुरसम्मको झन्डै २८ किलोमिटर सडक विस्तारको काम ४३ महिनामा १० प्रतिशतमात्र भएको छ । जिल्लाकै गौरवको योजनाको रूपमा रहेको चार लेन सडक विस्तार आयोजनाको काम अलपत्र परेको हाे ।
३० महिनामा १४ किलोमिटर सडक दुई लेन र झन्डै १४ किलोमिटर सडक चार लेन बनाउन २०७५ साल पुसदेखि काम सुरु गर्ने गरी भारतीय निर्माण कम्पनी तथ्य इन्जिनियरिङ एन्डा इन्फ्रा प्रोजेक्टले जिम्मा लिएको हो । तर अहिलेसम्म सडकको किनारा खन्नेबाहेक अन्य काम नगन्य मात्रमा भएको छ ।
४३ महिनामा सात जना सब कन्ट्र्याक्टर फेरिइसकेका छन् ...