अत्यधिक चिसो बढेसँगै प्रदेशवासीलाई जाडोबाट जोगाउन २ नम्बर प्रदेश सरकारले आवश्यक तयारी थालेको छ ।
वर्षासँगै चिसो बढेपछि २ नम्बर प्रदेश सरकारले आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयमार्फत जाडो प्रभावितका लागि योजना बनाउन तयारी थालेको हो ।
आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरत साहले भने, ‘चिसोबाट प्रभावितलाई न्यानो लुगा र कम्बल वितरणको तयारी शुरू गरेका छौं, केही दिनभित्रै वितरण गर्नेछौं ।’
यस वर्ष चिसोका कारण कुनै किसिमको मानवीय क्षति हुन नदिन न्यानो लुगासँगै काठ दाउरा वितरणसँगै अन्य अति आवश्यक कुरा...