सुपर लिगमा धनगढी एफसी र काठमाण्डौ रेजर्स खेल्दै

काठमाण्डाै - नेपाल सुपर लिग फुटबल अन्तर्गत आज धनगढी एफसी र काठमाण्डौ रेजर्स खेल्दैछन्। खेल बेलुका पाँच बजेदेखि दशरथ रङ्गशालामा सुरु हुनेछ । धनगढीले पहिलो खेल हारेको थियो भने काठमाण्डौले पहिलो खेलमा ललितपुरलाई हराउँदै तीन अङ्क बटुल्न सफल भएको थियो  । प्रतियोगिताको विजेताले ३५ लाख रुपैयाँ हात पार्नेछ भने दोस्रो हुनेले १५ लाख रुपैयाँ हात पार्नेछ । यस्तै ६ जना उत्कृष्ट खेलाडीले १ लाख रुपैयाँ पाउनेछन् भने म्यान अफ दि म्याच र उदयमान खेलाडीले क्रमश २५ र १० हजार रुपैयाँ पाउनेछन् ।  

सम्बन्धित सामग्री

पोखरालाई ‘टाइब्रेकर’मा पराजित गर्दै धनगढी नेपाल सुपर लिगको फाइनलमा

धनगढी एफसी नेपाल सुपर लिग (एनएसएल) फुटबलको फाइनलमा प्रवेश गरेको छ । धनगढी एफसीले पोखरा थन्डर्सलाई ‘टाइब्रेकर’मा पराजित गर्दै फाइनलमा स्थान बनाएको हो । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा सोमबार भएको खेलमा धनगढीले पोखरालाई टाइब्रेकरमा ४–३ गोलअन्तरले पराजित गरेको हो । नब्बे मिनेटको निर्धारित समयमा दुवै टोलीले १–१ गोलको बराबरी खेले । त्यसपछिको ३० मिनेटको अतिरिक्त समयमा …

नेपाल सुपर लिग प्लेअफ चरणमा प्रवेश, यस्तो छ फाइनल पुग्ने समीकरण

देशका विभिन्न शहरहरूलाई प्रतिनिधित्व गर्ने नौ फ्रेन्चाइजी टोलीबीचको प्रतिस्पर्धाबाट पोखरा थन्डर्स, धनगढी एफसी, काठमाडौं रेजर्स र ललितपुर सिटी एफसी प्लेअफमा पुगेका छन् ।

नेपाल सुपर लिग फुटबल : धनगढी र काठमाडौँले १-१ को बराबरी खेले

राजधानीमा जारी नेपाल सुपर लिग (एनएसएल) फुटबल प्रतियोगितअन्तर्गत सोमबार भएको धनगढी एफसी र काठमाडौँ रेजर्सबीचको खेल बराबरीमा सकिएको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशाला भएको खेलमा धनगढी र काठमाडौँबीचको खेल १–१ गोलको बराबरी सकिएको हो । यससँगै दुवै टोलीले एक–एक अङ्क बाँडेका छन् । खेलमा पहिलो अग्रता भने धनगढीले लिएको थियो । खेलको १५औँ मिनेटमा धनगढीका …

नेपाल सुपर लिगः आज धनगढी एफसी र एफसी बुटवल भिड्ने

नेपाल सुपर लिग अन्तर्गत आज धनगढी एफसी र एफसी बुटवल लुम्बिनीबीच खेल हुँदैछ।

एनएसएल अक्सन : धेरै खर्च गर्नेमा धनगढी, कम गर्ने इलाम

फ्रेन्चाइज फुटबल लिग नेपाल सुपर लिग (एनएसएल) को दोस्रो संस्करणको लागि शुक्रबार सम्पन्न अक्सनमा धनगढी एफसी सबैभन्दा धेरै खर्च गर्ने टिम बनेको छ । यस्तै एनएसलको नयाँ टिम स्पोर्टिङ इलाम डिमेची सबैभन्दा कम खर्च गर्ने टिम बनेको छ ।

नेपाल सुपर लिगमा उपाधिको लागि काठमाण्डौ रेजर्स र धनगढी एफसी खेल्दै

काठमाण्डाै – नेपाल सुपर लिग एनएसएल फुटबलको उपाधिको लागि आज काठमाण्डौ रेजर्स र धनगढी एफसी खेल्दैछन् । खेल बेलुकी साढे पाँच बजे दशरथ रंगशालामा सुरु हुनेछ । लिगमा काठमाण्डौ र धनगढी दुई पटक खेलेकोमा दुई पटक नै धनगढीले हराएको छ । धनगढी प्ले अफमा काठमाण्डौलाई २–१ गोलले हराउँदै फाइनलमा पुगेको हो भने काठमाण्डौले दोस्रो क्वालिफायरमा ललितपुरलाई ३–० गोलले हराएर उपाधि नजिकै पुगेको हो । समूह चरणको खेलमा पनि धनगढीले काठमाण्डौलाई ३–० गोलले हराएको थियो । आजको फाइनल खेललाई राष्ट्रिय टोलीका दुई...

काठमाण्डौलाई हराउँदै धनगढी एफसी नेपाल सुपर लिगको फाइनलमा

काठमाण्डाै – धनगढी एफसी नेपाल सुपर लिग (एनएसएल) फुटबलको फाइनलमा प्रवेश गरेको छ । दशरथ रङ्गशालामा आज भएको रोमाञ्चक खेलमा काठमाण्डौ रेजर्सलाई दुई–एक गोलले हराउँदै धनगढी उपाधि नजिकै पुगेको  हो ।निर्धारित ९० मिनेटको समयमा एक–एक गोलको बराबरी भएपछि खेल ३० मिनेटको अतिरिक्त समयमा पुगेको थियो । काठमाण्डौका लागि तेज तामाङ र धनगढीका लागि पुजन उपकोटीले गोल गरेका थिए । तर  एक सय आठौँ मिनेटमा विशाल राईले गोल गर्दै धनगढीलाई फाइनलमा पुर्‍याए । खेलमा काठमाण्डौले पर्याप्त ...

पोखरालाई हराउँदै धनगढी एनएसएलकाे प्लेअफमा

काठमाण्डाै – धनगढी एफसी नेपाल सुपर लिग (एनएसएल) फुटबलको शीर्ष स्थानमा उक्लँदै शीर्ष स्थान (प्लेअफ) मा स्थान सुरक्षित गरेकाे छ ।  दशरथ रङ्गशालामा बुधवार (आज) भएको खेलमा पोखरा थन्डर्स एफसीलाई एक–शून्यले हराउँदै धनगढी एफसी तालिकाको शीर्ष स्थानमा उक्लिएको हो । उसका लागि ६८ औँ दर्शन गुरुङले गोल गरे । आजको जीतसँगै धनगढी विराटनगरलाई पछि पार्दै १० अंकसहित शीर्ष स्थानमा पुगेको छ । पोखराको भने चार खेलमा पाँच अंक रहेको छ ।

नेपाल सुपर लिग : आज धनगढी एफसी र पोखरा थन्डर्स खेल्दै

काठमाण्डाैै – नेपाल सुपर लिग एनएसएल फुटबलमा आज धनगढी एफसी र पोखरा थन्डर्स खेल्दैछन् । खेल बेलुकी साढे पाँच बजे दशरथ रङ्गशालामा सुरु हुनेछ । चार खेलमा सात अंकसहित धनगढी तालिकाको दोस्रो स्थानमा छ । आज विजयी भएमा धनगढी विराटनगरलाई पछि पार्दै शीर्ष स्थानमा पुग्नेछ । चितवन भने चार खेलमा दुई अंकका साथ तालिकाको पुछारमा छ । हिजो भएको खेलमा काठमाण्डौ रेजर्स एफसीले बुटवल लुम्बिनी एफसीलाई हराएको थियो ।