काठमाडौं। प्रधानमन्त्री एवं समितिका अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बुधबार प्रम निवास बालुवाटारमा बसेको कोभिड १९ व्यवस्थापन निर्देशक समितिको बैठकले नेपाली श्रमिक अधिक संख्यामा रहेका टर्की, कतार, साउदी अरेबिया, युएई, जापान र मलेशियाजस्ता देशहरुमा हवाई उडान पुनः संचालन गर्ने निर्णय गरेको छ। यी देशहरुबाट सातामा दुई हजार जना यात्रु भन्दा नबढ्ने गरी हवाई उडान सञ्चालन हुनेछन्।