दुई देशको अन्तर्राष्ट्रिय उडान खोल्ने मन्त्रिपरिषद् बैठकको निर्णय

काठमाडौँ । सरकारले कतार र ग्वान्जाउमा हवाई उडान खोल्ने निर्णय गरेको छ । अन्तर्राष्ट्रिय उडानहरू बन्द हुँदा मानवीय आपूर्ति नै रोकिएपछि दुई देशमा सातामा एक एक फ्लाइट हुने गरी उडान खोल्ने निर्णय भएको एक मन्त्रीले प्रशासनलाई बताए ।