उपभोग्य वस्तुको भन्सार घटाइने

भन्सारमा हुने चोरीपैठारी नियन्त्रण गर्न दैनिक उपभोग्य सामग्रीमा भन्सार शुल्क लागू गरिने भएको छ । सरकाले सीमाक्षेत्रमा दैनिक उपभोग्य सामानको हुने चोरीपैठारीलाई दृष्टिगत गरी भन्सार शुल्क कम गर्ने तयारी गरेको हो । केन्द्रीय भन्सार विभागका उपमहानिर्देशक विष्णुप्रसाद पाण्डेका अनुसार अहिले प्रमुख रूपमा २३ वटै भन्सार अनुगमन गर्दा दैनिक उपभोग्य वस्तुको चोरीपैठारी बढी हुने देखिएको छ । ‘यसको नियन्त्रण गर्न दैनिक उपभोग्य वस्तुमा छिट्टै भन्सार कम गर्ने योजना बनाइरहेका छौं,’ पाण्डेले अभियानसँग भने । ‘अहिले देशका तराई क्षेत्रमा दैनिक उपभोग्य वस्तुका साथै कृषि क्षेत्रका सामग्री चोर बाटोबाट भित्रने गरेका छन् । त्यस्तै उत्तरी सीमाका नाकाहरूबाट पनि विद्युतीय सामग्री तथा लत्ताकपडा भन्सार छलेर भित्र्याइन्छ । पर्सा तथा मोरङबाट बढी मात्रामा सवारीसाधनका पार्टपुर्जा तथा विद्युतीय सामग्री ल्याइन्छ । भन्सारमा हुने चोरी पैठारी नियन्त्रण तथा सुधारका लागि नियमित अनुगमन, चेकजाँच तथा सशस्त्र प्रहरीले गस्ती गरिरहेको पाण्डेले जानकारी दिए । उनका अनुसार कुन कुन वस्तुमा कति प्रतिशत भन्सार छुट दिने भन्नेबारे हाल अध्ययन भइरहेको छ । बोटलर्स नेपाल ‘कन्ट्री अफ द इयर’ बोटलर्फ नेपाल लिमिटेड कन्ट्री अफ द इयर २००९ घोषित भएको छ । एसिया र अफ्रिकाका कोकाकोला कम्पनीहरूसँगको प्रतिस्पर्धामा बोटलर्स नेपालले उपाधि जितेको हो । कोकाकोला साब्कोको व्यवस्थापनअन्तर्गतको १६० देशका उच्च अधिकारी सम्मिलित बैठकले उपाधि घोषणा गरेको हो ।   वर्ष ५, अंक ३५, २०६७, वैशाख २०–२६

सम्बन्धित सामग्री

उपभोग्य मिति सकिएको औषधि खाए के हुन्छ ?

जब हामी कुनै पनि वस्तु खरिद गर्छौं, हामी सामान्यतया त्यसको उपभोग्य मिति हेर्छौं । त्यस्तै औषधि किन्दा त्यसको पनि एक्सपाइरी डेट अर्थात् उपभोग्य मिति जाँच गर्नुपर्छ भन्ने सल्लाह चिकित्सकहरूले दिने गर्छन् । औषधि किन्दा मानिसहरु प्राय: हतारमा हुन्छन् । यस्तोमा औषधिको म्याद सकिएको छ कि छैन भनेर हेर्न नर्बिसियोस् भनेर यस्तो भनिएको हो । अहिले […]

घिउको पनि उपभोग्य म्याद हुन्छ ?

हरेक खाद्यवस्तुको निश्चित उपभोग्य मिति हुन्छ । प्याकेट वा बट्टामा उक्त वस्तुको म्याद सकिने मिति (एक्सपायरी डेट) लेखिएको हुन्छ । त्यसैले खानेकुरा किन्दा उपभोग्य मिति अनिवार्य हेर्न सुझाइन्छ । यस्तोमा घरमै बनाउन सकिने घिउको हकमा चाहिं के हुन्छ ? धेरैको मनमा यो प्रश्न उब्जिएको हुन्छ । घिउ अरु सामग्रीजस्तो छिटो बिग्रिंदैन । अझ घरमै तयार […]

निर्वाचनको मुखमा उपभोग्य वस्तुको मूल्यवृद्धि

काठमाडौं । निर्वाचनको मौका छोपेर बजारमा अधिकांश उपभोग्य वस्तुको मूल्य वृद्धि भएको छ । आसन्न निर्वाचन नजिकिएसँगै बजारमा हरेक उपभोग्य वस्तुको मूल्य १५ प्रतिशत भन्दा बढीले बढेको हो । सरकारको ध्यान निर्वाचनमा केन्द्रित हुँदा उपभोक्ता भने बजारमा अत्याधिक रुपमा बढेको मूल्य वृद्धिको मारमा परेका छन् । सरकारका बजार नियमनकारी निकायका कर्मचारीहरु समेत निर्वाचनमा केन्द्रित भएको […]

चाडपर्वमा उपभोग्य वस्तुको कति छ मौज्दात ?

नेपालीहरूको महान् चाड दसैँ र तिहार नजिकिएसँगै बजारमा दैनिक उपभोग्य वस्तुहरूको माग बढ्न थालेको छ । प्रत्येक वर्षको दसैँ र तिहारमा नेपाली बजारमा वस्तुहरूको अतिरिक्त माग सृजना हुने गरेको छ । यही समयमा व्यापारीहरूले दैनिक उपभोग्य वस्तुको कृत्रिम अभाव सृजना गराएर मूल्य वृद्धि समेत गर्छन् ।दैनिक उपभोग्य सामाग्रीको बिक्री वितरण गर्ने जिम्मेवारी पाएका सरकारी र बिक्री वितरण गर्दै आएका निजी कम्पनीहरूले भने पर्याप्त मात्रामा मौज्दात रहेको बताएका छन् । दसैँ र तिहारमा सहुलियतपूर्ण पसल सञ्चालनको जिम्मेवारी पा

नौ महिनामा सवा पाँच खर्बको उपभोग्य वस्तु आयात

साढे १४ खर्बको कुल आयातमा उपभोग्य वस्तुको हिस्सा ३६ प्रतिशत, पुँजी निर्माण गर्नेको १० प्रतिशत मात्रै, आवधिक योजनाको लक्ष्यविपरीत उपभोग्य वस्तुमा परनिर्भरता अझ बढ्दो उपभोग्य वस्तुमा नेपालको परनिर्भरता झन्–झन् बढ्दै गएको...

उपभोग्य वस्तुको मौज्दात पर्याप्त

काठमाडौं, वैशाख १० । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजारमा दैनिक उपभोग्य वस्तुको मौज्दात पर्याप्त रहेको जनाएको छ । आयात निरुत्साहनमा केही दैनिक उपभोग्य वस्तु भए पनि अधिकांश वस्तुको आयात नियमित रूपमा भइरहेको र बजारमा हल्ला गरेजस्तो अभाव नभएको विभागको जानकारी दिएको छ । “केही वस्तुको आयातमा कमी आए पनि बजारमा कुनै पनि सामानको […]

आयातमा उपभोग्य वस्तुको हिस्सा बढ्दो

सरकारले कडाइ गरे पनि कुल आयातमा उपभोग्य वस्तुको हिस्सा घटेको छैन । यद्यपि, चालू आर्थिक वर्ष २०७८-०७९ को सात महिनाको कुल आयातमा पुँजीगत वस्तुको हिस्सा भने घटेको छ ।भन्सार विभागका अनुसार गत आर्थिक वर्ष २०७७-०७८ को सोही अवधिको तुलनामा कुल आयातमा पुँजीगत वस्तुको आयातको हिस्सा एक प्रतिशतले घटेको हो । तर, उपभोग्य वस्तु र कच्चा […]

महङ्गियो उपभोग्य वस्तु

ताप्लेजुङमा दैनिक उपभोग्य वस्तुको मूल्य आकाशिएको छ । कोरोना महामारीसँगै निषेधाज्ञा लागू भएपछि जिल्लामा खाद्यान्नलगायत दैनिक उपभोग्य वस्तुको मूल्य आकाशिएको हो । कोरोना भाइरसको सङ्क्रमण तीव्ररूपमा बढ्न थालेपछि सदरमुकाम फुङ्लिङमा गत वैशाख २० देखि  जेठ २ गतेसम्म निषेधाज्ञा लागू गरिएको छ । निषेधाज्ञापछि फुङ्लिङ बजार बन्द भएको र उपभोग्य वस्तु सहजरूपमा ढुवानी हुन छाडेपछि मूल्य आकाशिएको हो । फुङ्लिङ बजारमा अहिले चामल, दाल, खानेतेलजस्ता खाद्यान्न तथा दैनिक उपभोग्य वस्तुको मूल्य आकाशिएको छ । निषेधाज्ञा अघिसम्म जुनेली चामल ३...

दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ : विभाग

चामल, दाल जस्ता दैनिक उपभोग्य वस्तु तिन महिनाको लागि स्टक रहेको वाणिज्य, आपुर्ति तथा उपभोक्ता संरक्षण विभागले बताएको छ । वाणिज्य, आपुर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक प्रकाश पौडेलले चामल, दाल, नुन, तेल, चिनी लगायतका दैनिक उपभोग्य वस्तुहरु पूर्ण रुपमा लकडाउन भएको अवस्थामा पनि ३ महिनालाई पुग्नेगरी बजारमा स्टक रहेको बताए । उपभोग्य खाद्यवस्तुको आपुर्ति सहज रुपमा भइरहेको पौडेलले बताए । मंगलबार न्यूज एजेन्सी नेपालसँग कुराकानी गर्दै महानिर्देशक पौडेलले बजारमा खाद्य पद्धार्थको उपलब्धता सहज रुपमा हुने भन्दै उनले ...