उपत्यकाको विद्युत् आपूर्ति सुधार गर्न यसरी हुँदैछ काम

अघिल्लो साता हिउँदे झरीका कारण राजधानीमा चिसो बढ्यो । चिसोबाट जोगिनका लागि उपत्यकावासीले अत्यधिक मात्रामा विद्युतीय सामग्रीको प्रयोग गरे । नेपाल विद्युत् प्राधिकरणले बिजुलीको खपत बढाउन अत्यावश्यक विद्युतीय उपकरण प्रयोग गर्न आग्रह गरिरहेकै थियो । जाडोको समयमा न्यानो बनाउन खोज्नु स्वाभाविक नै थियो । तातो र न्यानो खोजेका उपत्यकाका केही स्थानका उपभोक्ता प्राधिकरणको कमजोर संरचनाका …

सम्बन्धित सामग्री

नयाँ मोदी-लेखनाथ एक सय ३२ केभी प्रसारण लाइन सञ्चालनमा

काठमाण्डौ – नयाँ मोदी (पर्वत)–लेखनाथ (कास्की) प्रसारण लाइन निर्माण सम्पन्न भएको छ । नयाँ मोदी–लेखनाथ प्रसारण लाइन आयोजना अन्तर्गत ४३ किलोमिटर १३२ केभी डबल सर्किट प्रसारण लाइन र मोदी गाउँपालिका–२ देउपुरमा १३२ केभी स्वीचिङ स्टेसन, कास्कीको माछापुच्छ्रे गाउँपालिका–४ मा १३२ केभी लाहाचोक सबस्टेसन तथा लेखनाथ सबस्टेसनको स्वीचयार्डमा १३२ केभी लाइन वे निर्माण गरिएको छ । पर्वत, कास्कीलगायतका जिल्लाको विद्युत् आपूर्ति सुधार गर्न र मोदी, सेती तथा मादी नदीमा निर्माण हुने जलविद्युत् आय...

प्राधिकरणले सुदूरपश्चिममा विद्युत् आपूर्ति सुधार गर्न पूर्वाधार विस्तार गर्ने

काठमाडौँ- नेपाल विद्युत् प्राधिकरणले सुदूरपश्चिम प्रदेशका कैलाली र कञ्चनपुरमा विद्युत् खपत बढाउन र आपूर्ति सुधार गर्न प्रसारण तथा वितरण प्रणाली सञ्जाल विस्तार गर्ने भएको छ । प्राधिकरणले तत्कालको समस्या समाधान गर्न हाल सञ्चालनमा रहेका प्रसारण र वितरण प्रणालीका संरचनाको सुदृढीकरण र विस्तार गर्नेछ । दीर्घकालीन समस्या समाधान गर्न उच्च क्षमताका प्रसारण लाइनको निर्माण गरिने प्राधिकरणको […]

सुदूरपश्चिममा विद्युत् आपूर्ति सुधार गर्न पूर्वाधार विस्तार गर्दै प्राधिकरण

नेपाल विद्युत् प्राधिकरणले सुदूरपश्चिम प्रदेशका कैलाली र कञ्चनपुरमा विद्युत् खपत बढाउन र आपूर्ति सुधार गर्न प्रसारण तथा वितरण प्रणाली सञ्जाल विस्तार गर्ने भएको छ ।प्राधिकरणले तत्कालको समस्या समाधान गर्न हाल सञ्चालनमा रहेका प्रसारण र वितरण प्रणालीका संरचनाको सुदृढीकरण र विस्तार गर्ने छ । दीर्घकालीन समस्या समाधान गर्न उच्च क्षमताका प्रसारण लाइनको निर्माण गरिने छ । गर्मीको समयमा कैलालीको अत्तरिया, टीकापुर धनगढी, कञ्चनपुरको महेन्द्रनगरलगायत सहरी क्षेत्रमा न्यून भोल्टेज, ट्रिपिङलगायतको समस्या रहेको उ

कैलाली र कञ्चनपुरको विद्युत् आपूर्ति सुधार गर्न पूर्वाधार विस्तार गरिँदै

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले सुदूरपश्चिम प्रदेशका कैलाली र कञ्चनपुरमा विद्युत् खपत बढाउन र आपूर्ति सुधार गर्न प्रसारण तथा वितरण प्रणालीको सञ्जाल विस्तार गर्ने भएको छ । प्राधिकरणले तत्कालको समस्या समाधान गर्न हाल रहेका प्रसारण र वितरण प्रणालीका संरचनाहरूको सुदृढीकरण र विस्तार गर्ने छ । दीर्घकालीन समस्या समाधान गर्न उच्च क्षमताका प्रसारण लाइनको निर्माण गरिने […]

बुटवल-लुम्बिनी प्रसारण लाइन सञ्चालमा, भैरहवामा विद्युत् आपूर्ति सुधार

काठमाडौं । रुपन्देहीको भैरहवा क्षेत्रको विद्युत् आपूर्तिमा सुधार र प्राविधिक चुहावट नियन्त्रणका लागि योगीकुटी (बुटवल)बाट मैनहियासम्मको १३२ केभी डबल सर्किट प्रसारण लाइन सञ्चालनमा आएको छ । नेपाल विद्युत् प्राधिकरणले बुटवल सबस्टेसनबाट मैनहिया सबस्टेसनसम्मको १८ किलोमिटर बुटवल–लुम्बिनी प्रसारण लाइनमा बुधबारबाट विद्युत प्रवाह (चार्ज) गरी सञ्चालनमा ल्याएको छ । प्रसारण लाइनको निर्माणसँगै करिब २०० मेगावाट विद्युत प्रवाह […]

विद्युत् आपूर्ति सुधार गर्न सबस्टेसनको निर्माण धमाधम

नेपाल विद्युत् प्राधिकरणले काठमाडौं उपत्यकाको विद्युत् प्रसारण तथा वितरण प्रणाली सुधारका लागि निर्माणाधीन आयोजनाहरू जतिसक्दो छिट्टो सम्पन्न गर्न पहल शुरू गरेको छ ।

मोतीपुर र सन्धिखर्क सबस्टेशन निर्माणको अन्तिम चरणमा

काठमाडौं । कपिलवस्तु र अर्घाखाँचीमा प्रवाह हुने बिजुलीको गुणस्तर बढाउन तथा सहज आपूर्तिको व्यवस्थाका लागि लुम्बिनी प्रदेशका विभिन्न स्थानमा निर्माणको क्रममा रहेका सबस्टेशन अन्तिम चरणमा रहेको छ । प्राधिकरणका अनुसार बाणगंगा नगरपालिका–७ मा र अर्खाखाँचीको सन्धिखर्कमा १३२÷३३÷११ केभी सबस्टेशसनको निर्माण अन्तिम चरणमा पुगेको हो । कपिलवस्तुको मोतीपुर र अर्घाखाँचीको सन्धिखर्क सबस्टेशन क्रमशः आगामी १५ मङ्सिर र १५ पुसभित्र सञ्चालनमा ल्याउने लक्ष्यका साथ काम भइरहेको छ । बुर्तिवाङ–पाउदी अमराई–तम्घास–सन्धिखर्क गोरूसिङ्गे १३२ केभी प्रसारणलाइन आयोजनाअन्तर्गत मोतीपुर र सन्धिखर्क सबस्टेशनमा निर्माणको अन्तिम चरणका काम भइरहेको हो । सबस्टेशनमा ३० र १६ एमभीएका पावर ट्रान्सफर्मर रहनेछन् । सबस्टेशनका सम्पूर्ण उपकरणको जडान सम्पन्न गरी परीक्षण भइरहेको छ । पूर्व–पश्चिम १३२ केभी लाइनलाई आठओटा टावर निर्माण गरी मोतीपुर सबस्टेशनमा लगिने छ । यसका लागि टावर निर्माण गरिसकिएको छ भने तार तान्ने काम भइरहेको छ । आयोजनाअन्तर्गत मोतीपुर–सन्धिखर्क खण्डको प्रसारणलाइनमा पर्ने १०६ ओटा टावरको जग हालिएको छ । ८७ ओटा टावर खडा गरिएको छ भने १२ किलोमिटर तार टाँगिएको छ । यस खण्डको प्रसारण लाइनको लम्बाइ ६८ किलोमिटर छ । प्रसारण लाइनको निर्माण अगामी १५ पुसभित्र सम्पन्न गरी सञ्चालनमा ल्याउने लक्ष्यका साथ काम भइरहेको छ । मोतीपुर–सन्धिखर्क प्रसारण लाइन र सबस्टेशनको निर्माण सम्पन्न भई सञ्चालनमा आएपछि त्यहाँबाटै स्थानीय क्षेत्रमा विद्युत् आपूर्ति गरिनेछ । यसबाट कपिलवस्तु, अर्घाखाँची, पाल्पा, गुल्मीको विद्युत् आपूर्ति भरपर्दो र गुणस्तरीय हुनेछ । विद्युत्को प्राविधिक चुहावट पनि कम हुनेछ । अहिले बुटवलबाट ३३ केभी प्रसारण लाइनमार्पmत अर्घाखाँची, पाल्पा, गुल्मीमा विद्युत् आपूर्ति हुँदै आएको छ । ३३ केभी प्रसारण लाइन धेरै लामो हुँदा लाइन ट्रिप भएर झ्याप्प झ्याप्प बत्ती जाने र भोल्टेजको समस्या छ । साथै प्राविधिक चुहावट पनि छ ।  नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले मोतीपुर सबस्टेशन र प्रसारणलाइन निर्माणस्थलको अनुगमन गरी तोकिएको समयभन्दा अगाडि नै काम सक्नुपर्ने बताए । ‘अर्घाखाँची, पाल्पा, गुल्मी जिल्लाबाट झ्याप्पझ्याप्प बत्ती गएको भन्दै मलाई सीधै फोन गरी धेरै गुनासा आएका छन् । उपभोक्ताबाट गाली खाएका छौं, त्यसैले सबस्टेशन र प्रसारणलाइनको निर्माण जतिसक्दो छिट्टो सम्पन्न गरी उपभोक्तालाई गुणस्तरीय र भरपर्दो विद्युत् दिनुपर्छ,’ उनले भने । उत्पादित विद्युत् मुलुकभित्रै खपत गर्ने अभियानमा रहेको उल्लेख गर्दै सबस्टेशन र प्रसारण लाइनको निर्माणपछि यस क्षेत्रका उद्योगलाई चाहिएजति विद्युत् दिन सकिने बताए । कपिलवस्तु, अर्घाखाँची, गुल्मी, पाल्पा, बाग्लुङको विद्युत् आपूर्ति सुधार गर्न, ट्रिपिङको समस्या समाधान गर्न, प्राविधिक चुहावट घटाउन र निजीक्षेत्रका जलविद्युत् आयोजनाको विद्युत् प्रवाहका लागि आयोजनाको निर्माण गरिएको हो । आयोजनाअन्तर्गत गुल्मीको तम्घास, पाउदी अमराई र बाग्लुङको बुर्तिवाङमा सबस्टेशन निर्माणाधीन छन् । रासस