प्रदेश नम्बर १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले आज प्रदेशअन्तर्गतका निकायबाट प्रवाह हुने यातायात सेवालाई प्रभावकारी बनाउने सम्बन्धमा सम्बन्धित कार्यालय प्रमुखहरूलाई निर्देशन दिएका छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज आयोजित ‘प्रदेशअन्तर्गतका निकायबाट प्रवाह हुने यातायात सेवालाई प्रभावकारी बनाउने सम्बन्धी’ कार्यक्रममा मुख्यमन्त्री राईले गुणस्तरीय सेवा प्रवाहमा कुनै कसर बाँकी नराख्न निर्देशन दिएका हुन् । १ नम्बर प्रदेशअन्तर्गत यातायात सेवा प्रवाह गर्ने कार्यालय