काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले अझै पनि पार्टीको आसन्न १४ औं महाधिवेशन तोकिएकै समयमा सम्पन्न गर्न सकिने निष्कर्ष निकालेको छ । महाराजगञ्जस्थित पार्टीका महामन्त्री डा. शशांक कोइरालाको निवासमा सोमबार अपरान्ह बसेको पौडेल पक्षीय नेताहरुको केन्द्रिय कार्य समिति बैठकले पार्टी नेतृत्वले इमान्दार प्रयास गरे अझै पनि समयमै महाधिवेशन सम्पन्न गरेर पार्टीको वैधानिकतालाई बचाउन सकिने निष्कर्ष निकालेको हो । तोकिएकै समयमा पार्टीको महाधिवेशन गरेर यसको वैधानिकलाई अझै पनि बचाउन सकिने निष्कर्ष