मोफसलमा पाँचतारे होटेलको संख्या दर्जन पुग्यो साढे ३२ अर्ब लगानीमा १३ होटेल थपिँदै

साढे दुई अर्ब लगानीमा सिद्धार्थ हस्पिटालिटी ग्रुपले भैरहवामा गत साताबाट पाँचतारे होटेल ‘सिद्धार्थ भिलासा’ सञ्चालन गरेको छ । एक महिनाअघि मात्रै पूर्वी नेपालको व्यापारिक केन्द्र इटहरीमा पाँचतारे ‘सोल्टी वेस्टेन्ड इटहरी’ सञ्चालनमा...

सम्बन्धित सामग्री

होटेलमा लगानी जोखिमपूर्ण

पर्यटन विभागबाट पाँचतारा स्तरीय होटेलको स्वीकृति लिने होटेलको संख्या १७ पुगेको छ । नेपालमा पछिल्लो समय पाँचतारा स्तरको होटेल खोल्ने क्रम बढेको छ । यद्यपि यी काठमाडौंमा नै केन्द्रित छन् । बढ्दो होटेल संख्याले व्यवसायीमा पर्यटन व्यवसाय फस्टाउने आशा बलियोसँग रहेको देखाउँछ । त्यस्तै विदेशी लगानी पनि पर्यटन क्षेत्रमा बढ्दै छ । कुल पर्यटक आगमन १० लाख नाघेको छ तर यतिले मात्रै होटेलहरूले पूरा व्यवसाय पाउने सम्भावना कम देखिन्छ । पाँचतारे होटेल र लक्जरी रिसोर्टको संख्या बढ्नु भनेको गुणस्तरीय पर्यटकको संख्या बढ्नु हो । यो सम्भावना देखेर थाइल्यान्डको दुसित थानी नेपाल आएको छ भने कम्बोडियाको सिन्तामणि पनि नेपालमा आएको छ । पाँचतारे होटेलहरूको व्यवस्थापन विश्वका ठूला चेनहोटेलहरूले लिएका छन् । उनीहरूले व्यवसाय विस्तार गर्न आफै विज्ञापन गर्छन् । यसले विशेष स्वाद र रुचि भएका पर्यटकलाई नेपाल ल्याउन मद्दत गर्ने देखिन्छ । जसरी होटलमा लगानी बढेको छ त्यसअनुसार पर्यटक नआउँदा यसमा गरिएको लगानी जोखिमपूर्ण देखिएको छ ।  पाँचतारे होटेलहरू काठमाडौंमा बढी केन्द्रित देखिन्छन् । तर, नेपाल आउने पर्यटक पक्कै पनि काठमाडौंमा मात्रै घुम्नका लागि आउँदैनन् । त्यसो हुँदा यस्ता होटेल प्रमुख पर्यटकीय क्षेत्रमा बन्नु आवश्यक देखिन्छ । पर्यटनको राजधानी भनिने पोखरामा एउटामात्रै पाँचतारे होटेल छ । अर्को पाँचतारे होटेल फूलबारी समस्यामा परेको छ र सञ्चालन हुन सकेको छैन । सुविधाका हिसाबले पाँचतारेसरहका होटेल भए पनि पाँचतारे होटेल पोखरामा एउटामात्रै सञ्चालन हुनुले गुणस्तरीय पर्यटन त्यति सहज छैन भन्ने देखाउँछ ।  सरकारले बनाउने पूर्वाधार र उसले लिने नीतिका आधारमा व्यवसायीले लगानी गर्छन् । सरकारले त्यसअनुसार काम गर्न सकेन पनि निजीक्षेत्रको लगानी डुब्नेमात्र होइन, सरकारप्रतिको विश्वास नै हराउँछ । यो निकै डरलाग्दो समस्या हो ।  पाँचतारे मात्रै होइन तीन र चारतारे होटेलका साथै ताराविहीन होटेलहरूको संख्या पनि निकै बढेको छ । अर्थात् नेपालमा हस्पिटालिटी क्षेत्रमा लगानी बढेको छ । अहिले सबै होटेलको कोठाको संख्या हेर्दा वार्षिक २० लाख पर्यटक आए पनि धान्ने देखिन्छ । तर, पर्यटकको संख्या १० लाख मात्रै नाघेको छ । यसले यी होटेल पर्याप्त मात्रामा सञ्चालन हुन नसक्ने देखिन्छ । यद्यपि पछिल्ला समय विश्वका धनाढ्यहरूले खुसुक्क नेपाल भ्रमण गर्न थालेको देखिन्छ । विश्वका उत्कृष्ट पर्यटकीय गन्तव्यको सूचीमा नेपाल सधैंजसो नै परिरहने गरेको छ । तर, उत्कृष्टको सूचीमा परेर पनि त्यसअनुसार पर्यटक ल्याउन भने नेपाल चुकिरहेको छ ।  सरकारले बनाउने पूर्वाधार र उसले लिने नीतिका आधारमा व्यवसायीहरूले लगानी गर्ने हुन् । तर, पर्यटन आउने मुख्य माध्यम विमानस्थल नै कमजोर छ । एकमात्र अन्तरराष्ट्रिय विमानस्थल त्रिभुवन विमानस्थललाई पूर्ण क्षमतामा २४ सै घण्टा सञ्चालन गर्ने वातावरण बनाउन आवश्यक छ । त्यस्तै नेपालको वायुसेवा अन्तरराष्ट्रिय क्षेत्रमा जति विस्तार हुन्छ त्यति नै पर्यटकको संख्या बढ्छ । सीधा उडान हुँदा हुने सहजता र समयको बचतको लाभ पर्यटकले लिन पाउँछन् र गुणस्तरीय पर्यटन बढ्छ । नेपाल वायुसेवा निगमले अन्तरराष्ट्रिय उडानको विस्तार गर्न सकेको छैन । विदेशी वायुसेवा कम्पनीको महँगो भाडादरका कारण पनि पर्यटक नेपाल आउन तर्सिरहेको अवस्था छ । सरकारले पूर्वाधार निर्माण र सञ्चालन गर्न नसक्दा लगानीमा कस्तो असर पर्छ भन्ने कुरा भैरहवा र लुम्बिनी क्षेत्रका होटेलहरूले भोग्नुपरेको पीडाले बताउँछ । गौतमबुद्ध विमानस्थल चल्छ भन्ने हिसाब गरेर त्यहाँ ठूलो संख्यामा होटेलमा लगानी भयो । तर, विमानस्थल चल्न सकेन । अहिले व्यवसायीहरू पुर्पुरोमा हात लगाएर बस्न बाध्य छन् । सरकारले बनाउने पूर्वाधार र उसले लिने नीतिका आधारमा व्यवसायीले लगानी गर्छन् । सरकारले त्यसअनुसार काम गर्न सकेन पनि निजीक्षेत्रको लगानी डुब्नेमात्र होइन, सरकारप्रतिको विश्वास नै हराउँछ । यो निकै डरलाग्दो समस्या हो । त्यसैले सरकारले सही नीति लिनुपर्छ र त्यसअनुसार काम गर्नुपर्छ ।

नेपाल भित्रियो रमडा : इटहरीमा पाँचतारे होटेल सञ्चालन गर्ने

अमेरिकी चेन होटेल ब्रान्ड ‘रमडा’ नेपाल भित्रिएको छ । व्यवसायी देशबन्धु बस्नेतको लगानीमा इटहरीमा निर्माणाधीन ग्रान्ड सेन्ट्रल होटेल ‘रमडा’का रूपमा सञ्चालनमा आउने भएको हो ।रमडाको मातृ कम्पनी विन्डहाम होटेल्स एन्ड रिसोर्ट र...

साढे दुई अर्ब लगानीमा सिद्धार्थ ग्रुपले खोल्यो भैरहवामा पाँचतारे होटेल

सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटीले आफ्नो पहिलो पाँचतारे होटेल सञ्चालनमा ल्याएको छ । ग्रुपले भैरहवामा दुई अर्ब ५० करोड रुपैयाँको लागतमा होटेल निर्माण गरेको हो ।  ग्रुपका अध्यक्ष चिन्तामणि न्यौपानेले सिद्धार्थ ग्रुपको पहिलो...

सररर बुटवल-वसन्तपुर केबलकार (फोटो/भिडिओ)

रुपन्देही । बुटवलको बमघाटबाट पाल्पाको वसन्तपुरसम्म लुम्बिनी केबलकार सोमबारदेखि सञ्चालनमा आएको छ । लुम्बिनी प्रदेशकै पहिलो केबलकार आईएमई ग्रुपको मुख्य लगानीमा सञ्चालनमा आएको हो । कुल ५ अर्ब रुपैयाँ लागतको आयोजनामध्ये पहिलो चरणमा केबलकारमा डेढ अर्ब लगानी भएको छ । केबलकारको टप स्टेसनमा साढे ३ अर्ब लागतमा पाँचतारे होटेल, क्यासिनो र ७०० जना क्षमताको सेमिनार […]

६ अर्ब लगानीमा पाँचतारे होटेल र अपार्टमेन्ट बनाउँदै कर्मा ग्रुप

०७६ वैशाखमा कर्मा तेन्जिङ विश्वको सर्वोच्च शिखर सगरमाथाको चुचुरो चुम्न सोलुखुम्बु पुगेका थिए । लुक्लादेखि बेसक्याम्पसम्म सगरमाथा चढ्ने स्वदेशी तथा विदेशी आरोहीहरूको बाक्लै भिड थियो । बेसक्याम्पमा झन्डै चार सय आरोही सगरमाथा...