आइतवार जस्तै सोमवार पनि शेयर बजारमा पहिरो गएको छ ।
सोमवार नेप्से परिसूचक ७९.५७ अंकले घट्दै २२८१.६७ विन्दुमा झरेको छ ।
अघिल्लो दिन आइतवार पनि शेयर बजार ८० अंकभन्दा बढीले घटेको थियो ।
यस दिन सेन्सेटिभ परिसूचक १२.४७ अंकले घट्दै ४३७.५९ विन्दुमा झरेको छ ।
शनिवार एक कार्यक्रममा पूर्व प्रधानमन्त्री समेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शेयर बजारबारे नकारात्मक टिप्पणी गरेका थिए ।
उनको भनाइका कारण लगानीकर्ताहरू निराश भएका छन् ।
सोमवार २ सय ३३...