काठमाण्डाै – शेयर बजार आज मङ्गलवार फेरि घटेको छ । हिजो साेमवार १६ दशमलव ९७ अङ्कले बढेको शेयर बजार परिसूचक नेप्से आज २ दशमलव ५७ अङ्कले घटेर एक हजार ८९९ दशमलव ७० विन्दुमा झरेको हो ।
आज कारोबार रकम पनि घटेको छ । हिजाे एक अर्ब ३६ कराेड रुपैयाँकाे शेयर काराेबार भएकाेमा आज दुई सय ४८ वटा कम्पनीकाे २० लाख ५८ हजार कित्ता शेयर ७७ करोड ७० लाख रुपैयाँमा कारोबार भएकाे छ । सबैभन्दा धेरै नबिल बैंकको सात करोड १७ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।
आज जलविद्युत्, माइक्रोफाइनान्स, निर्जीवन बीमा र म्युचल...