जिल्लाको चारवटा स्थानीय तहका १ सय ४१ वटा सामुदायिक विद्यालयमा अध्ययनरत करिब १७ हजार विद्यार्थीहरू नयाँ पाठ्यपुस्तकबाट वञ्चित भएका छन् । विद्यालय खुलेको करिब एक महिना भइसक्दा पनि मुगुमा नयाँ पाठ्यपुस्तक उपलब्ध नहुँदा १७ हजार विद्यार्थीलाई पढ्नै मुश्किल परिरहेको छ ।