विराटनगर । धरान उपमहानगरपालिकाको मेयरका लागि नेकपा एमालेको नगर कमिटीले ११ जनाको नाम सिफारिस गरेको छ । आज (आइतबार) तीन घण्टा बसेको बैठकमा सहमति नजुटेपछि ११ जनाको नाम सिफारिस गरेको हो । यस्तै बैठकले उपमेयरका लागि ६ जनाको नाम सिफारिस गरेको छ । आगामी ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनमा मेयरको उम्मेदवारको आकाङ्क्षा राखेका नेताहरुले […]