व्यथा लागेकी गर्भवतीलाई तीन घण्टासम्म बोकेर अस्पताल!

सिमकोट – गर्भवती महिलालाई व्यथा लागेपछि तीन घण्टा पैदल बोकेर जिल्ला अस्पतालमा ल्याउनुपरेको छ। वर्षासँगैको पहिरोले सिमकोट खार्पु खण्डको सडक अवरुद्ध हुँदा यातायात सञ्चालनमा नआएपछि बोक्नुपरेको हो। सडक अवरुद्ध हुँदा सुत्केरी व्यथा लागेकी खार्पुनाथ गाउँपालिका–४ माझा गाउँकी २० वर्षकी डाँफु सुनारलाई पैदल बोकेर ल्याएको आफन्त चन्द्र टमटाले बताए। दुई दिनअगाडि व्यथा लागेर छिप्रा स्वास्थ्य चौकीमा […]

सम्बन्धित सामग्री

बिरामी बोक्दै अस्पताल धाउँदै

कर्णाली कोरिडोरसँग सडक पहुँच नभएका ग्रामीण बस्तीका मानिस बिरामी हुँदा डोली या डोकामा बोकेर अस्पताल लैजानुपर्ने बाध्यता छ । खार्पुनाथ गाउँपालिका–५ को खर्पेल गाउँका स्थानीय जनक शाहीले घरमा भाउजू बिरामी भएपछि दुई घण्टा बोकेर गाउँपालिका केन्द्र याङ्चु बजारमा रहेको सामुदायिक अस्पतालमा लग्नु परेको बताउनुभयो । उहाँले गाउँमा सडक नजोडिएका कारण बिरामीलाई मानिसले बोकेर स्वास्थ्य संस्थामा लैजानुको विकल्प नभएको उल्लेख गर्नुभयो ।