प्रधानमन्त्री पुष्पकमल दाहाल अचेल मुलुकको अर्थतन्त्रका बारेमा बाक्लै टिप्पणी गरिरहेका छन् । पछिल्लो समय उनले फरकफरक सार्वजनिक सभाहरूमा ‘अहिले अर्थतन्त्र संकटमा नभएर दबाबमा मात्र रहेको, अर्थतन्त्र संकटमा रहेको नकारात्मक भाष्यका कारण मात्र निराशा बढेको र अब आउने नीति तथा कार्यक्रम एवम् बजेटलाई नयाँ ढंगमा प्रस्तुत गर्न चाहेको’ आदि धारणा सार्वजनिक गरेका छन् ।