सरकारले आगामी आर्थिक वर्ष २०७९/८० को बजेटको नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको दुबै सदनलाई संयुक्त रुपमा सम्बोधन गर्दै बजेटको नीति तथा कार्यक्रम सार्वजनिक गरेकी हुन् । बजेटमार्फत सरकारले स्वदेशी उद्योग र उत्पादन विशेष प्राथमिकता दिँदै आयात प्रतिस्थापन गर्ने नीति लिएको छ ।कृषि उत्पादनलाई विशेष जोड दिँदै उर्जा, पर्यटन, रोजगारी र पूर्वाधार विकासमा विशेष जोड दिएको छ । ग्रामीण सडक, यातायात, शिक्षा, स्वास्थ्यसँगै रोजगारीको मुद्दामा सरकारले नीति