गुल्मी : धुर्कोट गाउँपालिकाले बाली विज्ञान अध्ययन गर्ने ५५ जना विद्यार्थीलाई प्लाष्टिक टनेल वितरण गरेको छ।पाञ्चायन माध्यमिक विद्यालयका कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीहरूलाई अनुदानमा टनेल वितरण गरिएको गाउँपालिकाकी कृषि शाखा प्रमुख अञ्जली गौतमले जानकारी दिइन्। विद्यार्थीहरुलाई सैद्धान्तिक ज्ञान मात्र नभई व्यावहारिक ज्ञान प्रदान गर्न गाउँपालिकाले तीन लाख रुपैयाँ बजेटबाट टनेल वितरण गरिएको गाउँपालिकाले जनाएको छ।गाउँपालिकाका अध्यक्ष भुपाल पोखरेलले विद्यार्थीहरूलाई पढ्दै कमाउँदै गर्ने बानी पार्नका