काठमाडौं, मंसिर ३ । आइतबार हुने संघीय संसद् र प्रदेशसभा निर्वाचनलाई लक्षित गरी १५ जिल्लामा उच्च सतर्कता अपनाइएको छ। शीर्ष नेताहरूले चुनाव लडिरहेका निर्वाचन क्षेत्रलाई सुरक्षा निकायले वर्गीकरण गरी उच्च सतर्कता अपनाएको हो। झापा, मोरङ, पर्सा, दोलखा, सप्तरी, सिरहा, रौतहट, धनुषा, चितवन, गोरखा, कपिलवस्तु, नवलपरासी, दार्चुला, कैलाली र डडेलधुरालाई निर्वाचन प्रयोजनका लागि सुरक्षा जोखिममा रहेको […]