मुस्लिम धर्माबलम्बीहरूको प्रमुख पर्व इद अल फितरको अवसरमा अफगानिस्तानमा सुरक्षा सतर्कता उच्च बनाइएको छ । पछिल्ला केही हप्तादेखि हिंसात्मक घटनाहरू बढ्दै गएकाले सुरक्षा सतर्कता बढाइएको सरकारी अधिकारीहरूले जनाएका छन् । विषेश गरेर मस्जिदमा प्रार्थना गरेपछि विस्फोटनका घटनाहरू हुने गरेको पाइएको छ । ती घटनामा परी केहीको मृत्यु पनि भएको छ भने केही घाइते भएका छन् । तत्कालीन विद्रोही तालिवानले सत्ता कब्जा गरेर सरकार चलाउन थालेपछि मुुलुकमा शान्ति कायम हुने अपेक्षा गरिएपनि फेरि हिंसात्मक घटना बढ्न