दोलखा : जिल्लामा प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनको मतगणना जारी छ। प्राप्त तथ्यांकअनुसार दोलखामा सत्ता गठबन्धनका उम्मेदवारको अग्रता छ। प्रतिनिधिसभातर्फ माओबादी केन्द्रका गंगा कार्कीले ४ हजार १ सय ११ मत प्राप्त गर्दा, नेकपा एमालेका उम्मेदवार बालकृष्ण शिवाकोटीले २ हजार ६ सय ७५ मत प्राप्त गरेका छन्।कार्कीले एमालेका उम्मेदवार शिवाकोटीलाई १ हजार ४ सय २५ मतले पछि पारेका हुन्। प्रदेशसभा क तर्फ गौरीशंकर गाउँपालिकाको वडा नम्बर ६ बाहेक ८ वटै वडाको मतगणना सकिएको छ