वर्षाका बेला बागलुङवासीले धारोमा पानी आउछ कि आउँदैन भनेर आकाशतर्फ फर्केर निर्क्यौल गर्ने गर्छन् । वर्षात्को समयमा बागलुङमा खाने पानीको चरम समस्या हुन्छ । वर्षा याममा धमिलोपानी आउने भएपछि आकाशबाट पानी परेको दिन खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले खानेपानी कटौती गर्ने गरेको छ । पानी पर्ने दिन धारोमा पानी आउँदैन खानेपानीलाई शुद्धीकरण गर्न नसकेपछि नगर खानेपानी कार्यालयले धमिलो दूषित पानी बजारमा पठाउँदै आएको भन्दै उपभोक्ताले चर्को आलोचना गर्दै आएका छन् । धमिलो पानी वितरण नगर्न अदालत