किताब जात्रा– २०७९ नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी, काठमाडौंमा सुरु भएको छ । किताब यात्रा फाउन्डेसनले हरेक वर्ष गर्ने आयोजना गर्ने जात्राको पाचौं संस्करण शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरिन् ।जात्रा उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले अनेकन भाषा र वाङ्मय भएको देशको कला साहित्यलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय मञ्चसम्म पु¥याउन जात्राले निकै महत्वपूर्ण भूमिका खेल्ने बताइन् । ‘समाज परिवर्तनका लागि ज्ञान अनिवार्य छ । र, ज्ञानका लागि अध्ययन र पठन अपरिहार्य छ’, उद