‘हृदय’को विशेष संस्करण लोकार्पण, नियमित संस्करण असोज पहिलो साता आउँदै

तीन दशकदेखि मुटुको उपचारमा संलग्न डा. भगवान् कोइरालाको पुस्तक ‘हृदय’को विशेष सीमित संस्करण सोमबार लोकार्पण भएको छ । विशेष सीमित संस्करण एकपटकका लागि २५ सय प्रति मात्र मुद्रण गरिएको उक्त पुस्तक फाइन प्रिन्टले प्रकाशन गरेको हो ।