गिरिलाई ‘कमरेड इन् आर्म्स’ भन्दै भारतीय कम्युनिस्ट नेताको श्रद्धाञ्जली

५ भदौ, काठमाडौं । भारतीय शीर्ष कम्युनिस्ट नेता सीताराम येचुरीले प्रदीप गिरि आफ्ना ‘कमरेड इन् आर्म्स’ अर्थात् घनिष्ट मित्र रहेको भन्दै श्रद्धाञ्जली दिएका छन् । नेपाली कांग्रेसका नेता गिरिको धेरै भारतीय नेताहरुसँग निकट मैत्री छ । भारतीय कम्युनिस्ट पार्टी मार्क्सवादीका नेता येचुरी त्यहाँको राज्यसभाका पूर्वसांसदसमेत हुन् । नेपालको राजनीतिक क्रिया–प्रतिक्रियासँग उनी जानकार छन् । ‘हाम्रा […]

सम्बन्धित सामग्री

ईश्वर पोखरेल यचुरीलाई श्रद्धाञ्जली दिन भारत जाने

नेकपा एमालेले भारतीय कम्युनिस्ट नेता सीताराम यचुरीलाई श्रद्धाञ्जली दिन वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई पठाउने भएको छ ।

ईश्वर पोखरेल यचुरीलाई श्रद्धाञ्जली दिन भारत जाने

नेकपा एमालेले भारतीय कम्युनिस्ट नेता सीताराम यचुरीलाई श्रद्धाञ्जली दिन वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई पठाउने भएको छ ।

प्रदीप गिरीलाई भारतीय कंग्रेसदेखि कम्युनिस्ट नेताहरुबाट श्रद्धाञ्जली

नेपाली कांग्रेसका नेता, सांसद एवं समाजवादी चिन्तक प्रदीप गिरीको निधनमा देश विदेशबाट विभिन्न व्यक्तिहरुले श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

विप्लव नेतृत्वको नेकपा केन्द्रीय सदस्य विरजंगको श्रद्धाञ्जली सभा र अन्त्यष्टी

नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका नेता चन्द्र विक्रम चन्द विरजंगको शिवराज नगरपालिकाको शिवगढीमा श्रद्धाञ्जली सभा सम्पन्न गरिएको छ।...

सरकारलाई राम्रो काम गर्न चुनौती : प्रचण्ड

काठमाण्डाै - नेपाल कम्युनिस्ट पार्टी नेकपाका संस्थापक नेता नरबहादुर कर्माचार्यको आठौं स्मृति दिवस आज कम्युनिस्ट पार्टीहरुले विशेष कार्यक्रम गरी मनाउँदैछन् ।  नेकपा माओवादी केन्द्रले पार्टी कार्यालय पेरिसडाँडामा बिहान श्रद्धाञ्जली कार्यक्रम गरेको छ । कार्यक्रममा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारलाई राम्रो काम गर्न चुनौती रहेको भन्दै मन्त्रीहरुलाई लापरबाही नगर्न निर्देशन दिनुभएको छ ।  २००६ सालमा नेपाल कम्युनिस्ट पार्टी स्थापना गर्ने नेताहरुमध्ये कर्माचार्य पनि एक हुनुहुन्थ्यो । विसं १९८१ कात्तिक १४ गते ललितपुरमा जन्...

रुकुमको कम्युनिस्ट आन्दोलनमा स्व. स्कन्द शर्माको योगदानको चर्चा

नेपाल कम्युनिस्ट पार्टी रुकुमका संस्थापक नेता स्वर्गीय स्कन्द शर्माले कम्युनिस्ट आन्दोलनमा पुर्याएको योगदानको चर्चा गर्दै उनको स्मरण गरिएको छ । शर्माको १९ औं स्मृति दिवसको अवसरमा शुक्रबार रुकुम पश्चिमको मुसीकोटमा आयोजित कार्यक्रममा नेकपा रुकुम पश्चिमका इन्चार्ज राजकुमार शर्माले शर्माले कम्युनिस्ट आन्दोलनमा खेलेको भूमिकाको चर्चा गर्दै सोही स्थानको स्मारकमा रहेको शर्माको शालिकमा माल्यार्पण गरे । यस्तै जिल्लाका अन्य नेताहरुले पनि शर्माप्रति श्रद्धाञ्जली अर्पण गरेका थिए । यसैबीच शर्माको स्

साहित्यकार गोविन्द लोहनीको निधनप्रति नेकपा (मसाल) द्वारा श्रद्धाञ्जली प्रकट

काठमाडौँ । साहित्यकार गोविन्द लोहनीको निधनप्रति नेकपा (मसाल) ले श्रद्धाञ्जली तथा परिवार जनप्रति समवेदना प्रकट गरेको छ । महामन्त्री मोहनविक्रम सिंहको हस्ताक्षरमा २०७७ माघ ११ गते जारी वक्तव्यमार्फत पार्टीले श्रद्धाञ्जली तथा समवेदना प्रकट गरेको हो । महामन्त्री सिंहको प्रेसवक्तव्यको पूर्ण पाठ यस्तो छ– “केही दिनपहिले साहित्यकार गोविन्द लोहनीको ९३ वर्षको उमेरमा मृत्यु भएको थियो । उहाँ नेपाली कम्युनिस्ट आन्दोलनको प्रारम्भतिरको सक्रिय व्यक्तित्व, प्रचारक, प्रशिक्षक आदि हुनुहुन्थ्यो । त्यसरी नेपाली कम्युनिस्ट आन्दोलनको प्रारम्भतिर उहाँको महत्त्वपूर्ण भूमिका रहेको थियो । नेपालमा कम्युनिस्ट आन्दोलनको विकासको लागि विभिन्न प्रचार प्रसार तथा प्रशिक्षण दिने कार्यमा उहाँले महत्त्वपूर्ण भूमिका खेल्नुभएको थियो । उहाँले कम्युनिस्ट आन्दोलनसित सम्बन्धित रहेर विभिन्न साहित्यिक तथा बौद्धिक कृति प्रकाशित गर्नुभएको थियो । त्यसबाट नेपाली कम्युनिस्ट आन्दोलनलाई विस्तार र विकास गर्नका लागि महत्त्वपूर्ण योगदान भएको थियो । तर जब नेपाली कम्युनिस्ट आन्दोलनमा विवाद र फुटको स्थिति पैदा हुँदै गए, त्यसपछि उहाँ नेपाली कम्युनिस्ट आन्दोलनमा सक्रिय हुनुभएन । उहाँ केही समयसम्म पञ्चायतमा पनि सक्रिय रहनुभयो । तर त्यसमा पनि उहाँको सक्रियता कायम रहेन । पछिल्लो समयमा उहाँ स्वतन्त्र, साहित्यिक र बौद्धिक लेखक व्यक्तित्व हुनुहुन्थ्यो । उहाँ लेखनकार्यमा आफ्नो जीवनभरि कार्यरत र सक्रिय रहनुभयो । उहाँका कैयौँ कृति सामाजिक परिवर्तनका निम्ति रचिएका छन् । त्यसरी लेखनकार्यबाट पनि सामाजिक परिवर्तनको सन्दर्भमा उहाँले योगदान दिनुभएको थियो । हामीले उहाँप्रति श्रद्धाञ्जली प्रकट गर्दै परिवारजनप्रति सहानुभुति प्रकट गर्दछौँ ।”

मसाल नेता पोख्रेलप्रति पार्टीको झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जली

प्युठान । मंगलबार निधन भएका नेपाल कम्युनिस्ट पार्टी (मसाल) झिमरुक गाउँपालिकाका सल्लाहकार कृष्णप्रसाद पोख्रेल (प्रदिप) प्रति अन्तिम श्रद्धाञ्जली अर्पण गरिएको छ । आज बिहान झिमरुक नदी किनारमा राष्ट्रिय जनमोर्चाका केन्द्रीय उपाध्यक्ष एवम् प्रवक्ता दुर्गा पौडेलले पोखरेलको पार्थिव शरीरमा पार्टीको झण्डा ओढाइ सम्मान प्रकट गर्नुभएको हो । कार्यक्रममा बोल्दै नेतृ पौडेलले कृष्णप्रसाद पोख्रेलको निधनले पार्टीलाई अपुरणीय क्षति पुगेको बताउनु भयो । उहाँले पोख्रेलले आफ्नो सम्पूर्ण जीवन समाजको लागि अर्पित गरेको बताउनुभयो । अखिल (छैठौं) का केन्द्रीय सचिव सुवाश जि.सि.ले उहाँले समाजको लागि लामो र निरन्तर सेवा गर्दै जीवनको अन्तिम समयसम्म पनि समाज र जनताको पक्षमा संघर्ष गरेको उल्लेख गर्दै नयाँ पुस्ताले उहाँको जीवनलाई प्रेरणा स्रोतको रुपमा लिनुपर्ने उल्लेख गर्नुभयो । श्रद्धाञ्जली कार्यक्रममा प्रदेश सांसद तारा जि.सि., राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य तथा जिल्ला अध्यक्ष कृष्ण खड्का, झिमरुक गाँउपालिका अध्यक्ष तिलक जि.सि. अखिल नेपाल किसान महासंघका केन्द्रीय सचिव विरबहादुर जि.सी., नेकपा (मसाल) रुपन्देही प्रवक्ता नारायण जि.सि., अखिल नेपाल युवक संघका जिल्ला उपाध्यक्ष वरुणध्वज मल्ल, झिमरुक गापा वडा न. ५ का अध्यक्ष टीका जि.सि., ३ न. वडा अध्यक्ष मीनबहादुर केसी, ४ नम्बर वडा अध्यक्ष सिताराम पोख्रेल, शिक्षक महासंघका झिमरुक अध्यक्ष कर्ण जि.सि., अनेसिसंघका जिल्ला सदस्य शंकर बस्नेत, जातीय समता समाजका जिल्ला सहसचिव विनोद विक, राजमो झिमरुकका अध्यक्ष सिद्दिमान जि.सि., युवक संघ झिमरुकका अध्यक्ष भरत ढकाल लगाएतका नेता कार्यकर्ता तथा स्थानीयको बाक्लो उपस्तिथि रहेको थियो । विक्रम संम्वत २०१० जेठ २ गते जन्मनु भएका पोख्रेल अखिल नेपाल किसान महासंघ झिमरुकको अध्यक्ष हुनुहुन्थ्यो । उहाँ २०५४ सालको निर्वाचनमा साविक वाँदिकोट गाविसको वडा न.१ वाट वडा अध्यक्षमा विजयी हुनुभएको थियो । उहाँ राजमो प्युठानको पूर्व जिल्ला सदस्य तथा प्रभात मावि आहालखोलाको पूर्व अध्यक्ष हुनुहुन्थ्यो । उहाँले ओखरकोट र बाँदिकोटको विकास निर्माणमा लामो र अविस्मरणीय योगदान दिनुभएको छ । उहाँ लामो समयदेखि दमको रोगवाट पीडित हुनुहुन्थ्यो । हिजो साँझ (पौष २२ गते) राति ९ बजे उहाँको आफ्नै निवास झिमरुक–३ बाँदिकोटमा निधन भएको हो । उहाँको ...