चौथो महाधिवेशनका पोलिटब्युरो सदस्य खम्बासिंह कुँवरको निधनप्रति नेकपा (मसाल) को श्रद्धाञ्जली

काठमाडौँ । चौथो महाधिवेशनका वैकल्पिक पोलिटब्युरो सदस्य खम्बासिंह कुँवरको निधनप्रति नेकपा (मसाल) ले श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेको छ । महामन्त्री मोहनविक्रम सिंहको हस्ताक्षरमा २०७७ माघ १४ गते जारी शोकवक्तव्यमा श्रद्धाञ्जली व्यक्त गरिएको हो । शोकवक्तव्यको पूर्ण पाठ यस्तो छ– “का. खम्बासिंह कुँवरको २०७७ माघ १३ गते ९६ वर्षको उमेरमा मृत्यु भएको छ । उहाँको मृत्युप्रति हामीले दुःख प्रकट गर्दछौँ । का. खम्बासिंह कुँवर नेपाली कम्युनिस्ट आन्दोलनमा लामो समयदेखि क्रियाशील हुनुहुन्थ्यो । २०१९ सालपछि पार्टीमा उत्पन्न भएको असामान्य परिस्थितिमा उहाँले चितवनमा स्वतन्त्र ढङ्गले पहल गरेर एक सङ्गठन बनाई नेपाली कम्युनिस्ट आन्दोलनमा सक्रिय हुनुभयो । पछि २०३१ सालमा सम्पन्न हाम्रो पार्टीको चौथो महाधिवेशनबाट वैकल्पिक पोलिटब्युरो सदस्यमा निर्वाचित हुनुभयो । उहाँ पार्टीको अनुशासित, सक्रिय र मिलनसार कामरेड हुनुहुन्थ्यो । नेपाली कम्युनिस्ट आन्दोलनमा सक्रिय र कार्यरत रहने क्रममा उहाँको धेरैजसो सम्पत्ति पनि समाप्त भएको थियो । त्यसरी उहाँ निष्ठापूर्वक कम्युनिस्ट विचारप्रति प्रतिबद्ध रहने विरल व्यक्तित्व हुनुहुन्थ्यो । पाँचौँ महाधिवेशनपछि पार्टीमा भएको फुटका कारणले उहाँ र हामी एउटै पार्टीभित्र रहन सकेनौँ । त्यसरी हामीबाट उहाँ अलग सङ्गठनमा रहनुपरेको भए पनि नेपाली कम्युनिस्ट आन्दोलनको प्रवाहभित्र नै सक्रिय भएर कार्यरत रहनुभयो । हाम्राबिचमा व्यक्तिगत सम्बन्ध पनि राम्रो रहेको थियो । उहाँ बिरामी पर्दा कैयौँ पटक हाम्रो पार्टीका महामन्त्री का. मोहनविक्रम सिंहले उहाँसित भेटघाट पनि गर्नुभएको थियो । उहाँको मृत्युबाट हामीले एउटा असल मित्र र नेपाली कम्युनिस्ट आन्दोलनको निष्ठावान व्यक्तित्व गुमाएको छौँ । इमान्दारी र निष्ठापूर्वक कम्युनिस्ट आन्दोलनको बाटोमा हिड्न सकेमा नै हामीले का. खम्बासिंहको आदर्शलाई पछ्याउन सक्ने छौँ । अन्तमा हामीले उहाँप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै सन्तप्त परिवारजनप्रति समवेदना र सहानुभूति प्रकट गर्दछौँ ।”

सम्बन्धित सामग्री

मारिएका किरा फट्यांग्राको सम्मानमा श्रद्धाञ्जली कार्यक्रम !

काठमाडौं । मानिसको मृत्युमा श्रद्धाञ्जली दिनु त स्वभाविकै हो । प्रिय घरपालुवा जनावर तथा विभिन्न महत्वपूर्ण वन्यजीवहरु मर्दापनि शोक मनाउने गरिन्छ । तर के तपाईंले किरा फट्यांग्रा मारिँदा पनि श्रद्धाञ्जली दिएको सुन्नुभएको छ ? सायद छैन होला । वास्तवमा एउटा जापानी कम्पनीले मृतक किटपतंगका लागि श्रद्धाञ्जली कार्यक्रमको आयोजना गर्दछ । अर्थ कर्पोरेसन जापानको एउटा प्रमुख […]

प्रधानमन्त्री र पूर्वराष्ट्रपतिसहित शीर्ष नेताद्वारा नेम्वाङप्रति श्रद्धाञ्जली

ललितपुर – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेका उपाध्यक्ष एवम् संसदीय दलका उपनेता सुवास नेम्वाङप्रति श्रद्धाञ्जली अर्पण गर्नुभएकाे छ । प्रधानमन्त्री प्रचण्ड ललितपुरको च्यासलमा रहेकाे एमालेको केन्द्रीय कार्यालयमा पुगी त्यहाँ राखिएको नेम्वाङको पार्थीव शरीरमा फूलमाला चढाई श्रद्धाञ्जली अर्पण गर्नुभएको हाे । यस्तै पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी पनि च्यासलमा रहेकाे एमाले केन्द्रीय कार्यालय पुगी पूर्वसभामुख नेम्वाङलाई श्रद्धाञ्जली दिनुभएको छ । यसैगरी नेम्वाङप्रति श्रद्धाञ्जली व्यक्त गर्न सभामुख द...

सञ्चारमन्त्री शर्माद्वारा श्रद्धाञ्जली व्यक्त

काठमाडौँ,१३ माघ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले यही माघ १ मा विमान दुर्घटनामा परी निधन भएकाहरुप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् । प्रेस सेन्टर नेपालद्वारा केन्द्रीय कार्यालय बबरमहलमा आयोजित श्रद्धाञ्जली कार्यक्रममा दुर्घटनामा परी निधन भएका पत्रकारद्वय त्रिभुवन पौडेल र अनिल शाहीलगायत सबै मृतकप्रति श्रद्धाञ्जली व्यक्त गरिएको थियो । कार्यक्रमा मन्त्री शर्माले पत्रकारद्वय पौडेल र […]

प्रदीप गिरिप्रति प्रधानमन्त्रीसहित नेताद्वारा श्रद्धाञ्जली (तस्बिरहरू)

काठमाण्डाै – प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका स्व. नेता प्रदीप गिरिप्रति श्रद्धाञ्जली अर्पण गर्नुभएकाे छ ।  आज आइतवार सानेपामा रहेकाे पार्टी केन्द्रीय कार्यालयमा प्रधानमन्त्री देउवाले गिरिप्रति श्रद्धाञ्जली व्यक्त गर्नुभएकाे हाे ।  गिरिलाई श्रद्धाञ्जली अर्पण गर्न नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल र कांग्रेससहितका नेताहरू सानेपा पुगेका हुन् । आजै गिरिकाे अन्त्येष्टि गरिने कांग्रेसले जनाएको छ । ...

झाप्रति श्रद्धाञ्जली

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद् (राखेप) अन्तर्गत महोत्तरी जिल्ला खेलकुद विकास समितिका एथलेटिक्स सहायक प्रशिक्षक स्व. चन्द्रेश्वर झा प्रति आइतबार श्रद्धाञ्जली अर्पण गरिएको छ । राखेप हातामा भएको शोक सभामा राखेपका उपाध्यक्ष शिव कोइराला, निमित्त सदस्य–सचिव कुलबहदुर थापा, प्रशासन विभाग प्रमुख मधुसुदन बस्नेत, तालिम तथा प्रशिक्षण विभागका निर्देशक अर्जुन विक, शाखा प्रमुखहरु, एथलेटिक्स […]

महर्जनप्रति श्रद्धाञ्जली

काठमाडौं (हाम्रो खेलकुद) – हृदयघातका कारण बुधवार निधन भएका सोतोकान क्योकुशिन कराँते संघका केन्द्रिय सदस्य तथा पूर्व राष्ट्रिय खेलाडी अनिल महर्जनको सम्झनामा नेपाल सो.क्योकुशिन कराँते संघले श्रद्धाञ्जली सभाको आयोजना गरेको छ । ललितपुर सातदोबाटोस्थित संघको केन्द्रिय कार्यालयमा शुक्रबार आयोजित उक्त कार्यक्रममा संघका पदाधिकारी, प्रशिक्षक, खेलाडी लगायतका व्यक्तिहरुको साथमा स्व.महर्जनकी श्रीमती गंगा महर्जन र छोरा आर्यन […]

शेर्पाप्रति श्रद्धाञ्जली

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद् (राखेप) का पूर्व उपाध्यक्ष स्व. लामा टेन्डी शेर्पाको निधनमा राखेपले शुक्रबार श्रद्धाञ्जली कार्यक्रम आयोजना ग¥यो । त्रिपुरेश्वरस्थित राखेप हातामा भएको कार्यक्रममा राखेपका सदस्य–सचिव विष्णुराज ढकाल, प्रशासन विभागका विभागीय प्रमुख कुलबहादुर थापा, खेलकुद प्रतियोगिता तथा योजना विभागका प्रमुख मधुसुदन बस्नेत, तालिम तथा प्रशिक्षण विभागका निर्देशक अर्जुन विक, राष्ट्रिय टिम […]

राणाको निधनप्रति कांग्रेस नेताहरुद्वारा श्रद्धाञ्जली

नेपाली कांग्रेसले कांग्रेस नेता तथा पूर्वराजदुत रुक़्म शमशेर राणाको निधनप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन्। शनिबार शेरबहादुर देउवासहितका नेताहरुले पार्टीको झन्डा ओढाएर राणाप्रति श्रद्धाञ्जली व्यक्त गरेका हुन्। श्रद्धाञ्जली अर्पण गर्न सभापति देउवा,...

राणाको निधनमा प्रधानमन्त्री देउवाद्वारा श्रद्धाञ्जली

प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पूर्व राजदूत रुक़्मशमशेर राणाको निधनप्रति पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जली व्यक्त गरेका छन् । शनिबार बिहान राणा निवास बत्तीसपुतली पुगेर प्रधानमन्त्री देउवाले उनीप्रति पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जली व्यक्त गरेका हुन् ।दिवंगत राणाप्रति कांग्रेस महामन्त्री प्रकाशमान सिंह, नेता शेखर कोइराला, मिनेन्द्र रिजाल लगायतले श्रद्धाञ्जली दिएका छन् । राणा नेपाली कांग्रेसका संस्थापक नेता सुवर्ण शम्शेरका कान्छा छोरा हुन् ।

थाहा अभियन्ता रुपचन्द्र विष्टप्रति श्रद्धाञ्जली

रुपचन्द्र विष्ट स्मारक समिति नेपालले थाहा अभियन्ता रुपचन्द्र विष्टप्रति सम्पूर्ण जनमुखी सहकर्मीहरूको तर्फबाट श्रद्धाञ्जली अर्पण गरेको छ । विष्टको २२ औं स्मृति दिवसको अवसरमा स्मारक समितिका अध्यक्ष रामनारायण बिडारीले एक सार्वजनिक वक्तव्य जारी गर्दै श्रद्धाञ्जली अपर्ण गरेका हुन् ।अध्यक्ष बिडारीले कोभिड रोगका कारण जारी निषेधाज्ञाका कारण कुनै सार्वजनिक कार्यक्रम गर्न सम्भव नभएको जनाउँदै सबैको तर्फबाट श्रद्धाञ्जली दिइएको बताएका छन् । विष्ट थाहा दर्शनका व्याख्याता मात्र नभई नेपालको राजनीतिक क्षेत्रमा व