काठमाडौं : सरकारले दुर्गम क्षेत्रबाट काठमाडौं उपत्यकामा आएका विद्यार्थीलाई सित्तैंमा इन्डक्सन चुलो दिन आवेदन मागेको १० महिनापछि बाँड्ने भएको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले यही पुस १७ गतेदेखि वितरण गर्ने गरी सूचना जारी गरेको छ।सरकारले २०७८ फागुनमा दुर्गम क्षेत्रबाट उपत्यकामा आएर भाडामा बसेर सरकारी कलेजमा अध्ययन गर्ने विद्यार्थीलाई स्वच्छ चुलो कार्यक्रम माग संकलनसम्बन्धी सूचना जारी गरेको थियो। वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले स्नातक र