काठमाडौं : सरकारले दुर्गम क्षेत्रबाट काठमाडौँ उपत्यकामा आएका विद्यार्थीलाई सित्तैमा इन्डक्सन चुलो दिने भनेको ८ महिना बित्यो। चुलो भने अहिलेसम्म कसैले पनि पाएको छैन। घोषणा गरेको आठ महिनासम्म पनि चुलो पाउने कुनै छाँटकाँट नदेखिएपछि विद्यार्थीले आशा त्याग्न थालेका छन्।सरकारले २०७८ फागुनमा दुर्गम क्षेत्रबाट काठमाडौँ उपत्यकामा आएर भाडामा बसेर सरकारी वा सामुदायिक संस्थामा अध्ययन गर्ने विद्यार्थीलाई स्वच्छ चुलो कार्यक्रम माग संकलन सम्बन्धी सूचना जारी गरेको थियो। ऊर्जा, जलस्रोत तथा सिँचाइ