काठमाडौँ : सरकारले दुर्गम क्षेत्रबाट काठमाडौँ उपत्यका आएका विद्यार्थीलाई निःशुल्क इन्डक्सन चुलो दिन आवेदन मागेको १० महिनापछि आइतवार (आज)देखि बाँड्न शुरु गरेको छ। ऊर्जा प्रवर्द्धन केन्द्रका प्रशासन प्रमुख रणबहादुर थापाले ऊर्जा प्रवर्द्धन केन्द्रीय कार्यालय मध्य बानेश्वरबाट चुलो बाँड्न शुरु गरेको जानकारी दिए।सरकारले २०७८ फागुनमा दुर्गम क्षेत्रबाट उपत्यकामा आएर भाडामा बसेर सरकारी कलेजमा अध्ययन गर्ने विद्यार्थीलाई स्वच्छ चुलो कार्यक्रम माग संकलन सम्बन्धी सूचना जारी गरेको थियो।वैकल्पिक ऊर्ज