सत्ता गठबन्धनका नेताहरुबिच एमसिसी र मन्त्रिपरिषद् बिस्तारबारे छलफल

काठमाडौँ – सत्ता गठबन्धनका शीर्ष नेताहरु प्रधानमन्त्री निवास बालुवाटारमा छलफल गरेका छन् । बैठकमा अमेरिकी सहायता परियोजना (एमसीसी) र सरकारलाई पूर्णता दिनेबारे छलफल केन्द्रित भएको नेताहरुले बताएका छन् । नेपाल भ्रमणमा रहेकी एमसीसी उपाध्यक्ष फातिमा सुमारले सबै दलका शीर्ष नेताहरुसँग छलफल गरिसकेपछिको अवस्थामा बैठक बसेको हो । यस्तै लामो समय हुँदा पनि सरकारले पूर्णता नपाउँदा […]

सम्बन्धित सामग्री

नेपाललाई अमेरिकी संस्थाको एमसिसीभन्दा ठूलो अनुदान

काठमाडौं : नेपालले अमेरिकी सहयोग परियोजना (एमसिसी) संसदबाट पारित गरेपछि त्योभन्दा ठूलो अनुदान प्राप्त गर्ने भएको छ। अमेरिकी अन्तर्राष्ट्रिय सहयोग नियोग (यूएसएआइडी)ले नेपाललाई एमसिसीभन्दा ठूलो अनुदान रकम दिने भएको हो। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले झण्डै असी अर्ब रुपैयाँको यो अनुदान स्वीकार गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए। उनका अनुसार मन्त्रिपरिषद् बैठकले युएसएआइडीबाट प्राप्त हुने अमेरिकी डलर ६ सय ५९ मिलियन अर्थात करिब ७९ अर

संसद् अधिवेशन अन्त्य गर्न सरकारको सिफारिस

काठमाडौं : सरकारले संघीय संसद्को चालू अधिवेशन अन्त्य गर्न सिफारिस गरेको छ।मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले मंगलबार राति १२ बजेदेखि लागू हुनेगरी अधिवेशन अन्त्यको सिफारिस गरेको शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले जानकारी दिइन् । प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबराविरुद्धको महाभियोग प्रस्तावमा छलफल अघि नबढ्दै अधिवेशन अन्त्य गरिएको हो। संसद् अधिवेशन अन्त्य भएसँगै थुप्रै विधेयक अलपत्र परेका छन्। संसद्को यो अधिवेशनले एमसिसी सम्झौता पारित गरेको थियो।

एमसिसी पास गर्न सघाएको भन्दै गठबन्धन र प्रतिपक्षी दललाई सरकारको धन्यवाद

काठमाडौं : सरकारले मिलेनियम च्यालेन्ज कम्प्याक्ट(एमसिसी)लाई प्रतिनिधिसभाबाट अनुमोदन गराउन सहज वातावरण निर्माण गरिएको भन्दै सम्वद्ध सबैलाई धन्यवाद व्यक्त गरेको छ। फागुन १६ गते बसेको मन्त्रिपरिषद् बैठकको निर्णय बुधबार सुनाउँदै सञ्चार तथा सूचना प्रविधि मन्त्री एवम् सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले फागुन १५ गते प्रतिनिधिसभाबाट एमसीसी अनुमोदनका लागि सहज वातावरण निर्माण गर्ने गठबन्धनमा आवद्ध राजनीतिक दलहरु, प्रमुख प्रतिपक्ष दल, अन्य राजनीतिक दलहरु, सभामुख तथा सांसदहरुलाई सरकारले ध

यी सांसदले एमसिसीको विपक्षमा मतदान गर्ने

काठमाडौं : नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालसहित सत्तारुढ दलका केही सांसदहरूले एमसिसीमाथिको मतदान वहिस्कार गर्ने भएका छन्।नेकपा माओवादी केन्द्र र नेकपा समाजवादीका केही सांसदले एमसिसीको विपक्षमा मतदान गर्ने जनाएका हुन्। माओवादीका सांसद गिरिराजमणि पोखरेल र अञ्जना बिशंखेले एमसिसीको विपक्षमा भोट हाल्ने बताए।सत्तारुढ गठबन्धनले व्याख्यात्मक टिप्पणीसहित एमसिसी पास गर्ने निर्णय गरेको छ भने मन्त्रिपरिषद् बैठकले एमसिसीको व्याख्यात्मक प्रस्ताव पारित गरेको छ।सैद्धान्तिक छलफलमा भाग लिएर सांसदह

मन्त्रिपरिषद्ले पास गर्‍यो एमसिसीको व्याख्यात्मक टिप्पणी, संसदमा पेश गरिँदै

काठमाडौँ- सत्तारुढ गठबन्धनले एमसिसी पारित गर्ने बाटोका रुपमा ल्याएको व्याख्यात्मक टिप्पणी मन्त्रिपरिषद्‌को संसद भवन बानेश्वरमा बसेको आकस्मिक बैठकले पास गरेको छ। एमसिसीको व्याख्यात्मक टिप्पणी संसद बैठकमा पेश गर्न‍े गरी मन्त्रिपरिषद् बैठकले पारित गरेको हो। एमसिसीमाथि सत्तारुढ गठबन्धनकै नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीको विरोध रहे पनि व्याख्यात्मक टिप्पणीको बहानामा एमसिसी पारित गर्न उनीहरु तयार भएका […]

प्रधानमन्त्री देउवाले बोलाए मन्त्रिपरिषद् बैठक

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् बैठक बोलाएका छन्। सत्ता गठबन्धनको भविष्यमाथि नै प्रश्न उठिरहेका बेला मन्त्रिपरिषद्को बैठक बस्ने लागेको हो। यद्यपि, यो नियमित बैठक भएको प्रधानमन्त्री देउवाको सचिवालयले जनाएको छ। बैठक आज दिउँसो २ बजे बस्ने छ।सरकारले भोलि एमसिसी संसदमा जसरी पनि टेबल गर्ने अडानबीच यो बैठकलाई अर्थपूर्ण रूपमा हेरिएको छ। एमसिसीमा सत्ता गठबन्धनमै मत बाझिएपछि हिजो संसदमा एमसिसी टेबल हुन सकेन।माओवादी केन्द्रले एमसिसी टेबल गरिए सरकार छाड्ने चेतावन

मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौँ। मन्त्रिपरिषद् बैठक आज (शुक्रबार) बस्दै छ । बैठक ११ बजेर ४५ मिनेटमा बस्न लागेको प्रधानमन्त्री शेरबहादुर देउवाको सचिवालयले जनाएको छ । काठमाडौँमा रहेकी एमसिसी उपाध्यक्ष फतिमा सुमार एमसिसीकाबारे छलफल गर्न विभिन्न दलका नेताहरुसँग भेटघाटमा गरिरहेकी छन्। सत्तारुढ गठबन्धनको बैठकको एजेन्डा एमसिसी भएकाले मन्त्रिपरिषद् बैठकमा पनि यसलाई महत्त्वका रुपमा हेरिएको बताइएको छ । आज ९ […]

सत्ता गठबन्धनको बैठक शुक्रबारलाई सर्‍यो

काठमाडौँ— सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुको बालुवाटारमा तय भएको बैठक शुक्रबार बिहानका लागि सरेको छ। प्रधानमन्त्री शेरबहादुर देउवाले  एमसिसी, पछिल्ला राजनीतिक घटनाक्रम र मन्त्रिपरिषद् विस्तारबारे छलफल गर्न बोलाएको बैठकमा जसपा र समाजवादीका नेताहरु अनुपस्थित भएपछि बैठक शुक्रबारका लागि सरेको हो। बैठकमा सामान्य छलफल भए पनि सबै नेताहरु नआएका कारण शुक्रबार बिहान बस्ने गरी गठबन्धनको बैठक स्थगन […]