काठमाडौं : नेपालले अमेरिकी सहयोग परियोजना (एमसिसी) संसदबाट पारित गरेपछि त्योभन्दा ठूलो अनुदान प्राप्त गर्ने भएको छ। अमेरिकी अन्तर्राष्ट्रिय सहयोग नियोग (यूएसएआइडी)ले नेपाललाई एमसिसीभन्दा ठूलो अनुदान रकम दिने भएको हो। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले झण्डै असी अर्ब रुपैयाँको यो अनुदान स्वीकार गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए। उनका अनुसार मन्त्रिपरिषद् बैठकले युएसएआइडीबाट प्राप्त हुने अमेरिकी डलर ६ सय ५९ मिलियन अर्थात करिब ७९ अर