काठमाडौं : सरकारले संघीय संसद्को चालू अधिवेशन अन्त्य गर्न सिफारिस गरेको छ।मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले मंगलबार राति १२ बजेदेखि लागू हुनेगरी अधिवेशन अन्त्यको सिफारिस गरेको शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले जानकारी दिइन् । प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबराविरुद्धको महाभियोग प्रस्तावमा छलफल अघि नबढ्दै अधिवेशन अन्त्य गरिएको हो। संसद् अधिवेशन अन्त्य भएसँगै थुप्रै विधेयक अलपत्र परेका छन्। संसद्को यो अधिवेशनले एमसिसी सम्झौता पारित गरेको थियो।