म के छेप्थेँ तेजाब तिमीलाई ? पोल्दा तेजाबले तिमीलाई, दुख्छु म आफैँ ! तेजाब त तिमीले पो छेप्यौ, तिरस्कारको तेजाब, मेरो मुटुमा, भतभती पोल्यो मलाई, तर, जाती भयो ! बुझें मैले, मलाई पोल्दा, तिमीलाई नदुख्दोरहेछ । सँगैमा रहँदा होस् वा साथमा नहुँदा, मेरा लागि त तिमी सधैं मेरी हौ, मुटु हौ, आफ्नै मुटु, कसरी तेजाबले […]