काठमाडौँ- गए रातिदेखिको लगातार वर्षाका कारण काठमाडौँ उपत्यकाका बागमती, विष्णुमती, धोबीखोला, हनुमन्तेलगायत खोलामा जल सतह बढेको छ ।
यहाँका कतिपय सडकमा पानी जमेर आवागमन प्रभावित भएको छ । वर्षा र बाढीबाट हुनसक्ने क्षतिप्रति सचेत रहन सरकारले आग्रह गरेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार बितेका २४ घण्टामा...