लुम्बिनीमा माओवादीका महरा मुख्यमन्त्री बन्ने निश्चित

रुपन्देही । लुम्बिनी प्रदेशमा नेकपा माओवादी केन्द्र संसदीय दलका नेता जोखबहादुर महरा मुख्यमन्त्री बन्ने निश्चित भएको छ । केन्द्रमा बनेको सत्तारुढ दलहरुको सहमतिअनुसार लुम्बिनी माओवादीलाई भाग परेको हो । कर्णालीमा माओवादीबाट मुख्यमन्त्री बनेका राजकुमार शर्माले राजीनामा दिएसँगै लुम्बिनीमा महरालाई मुख्यमन्त्री बन्ने बाटो खुला भएको छ । कर्णालीमा पनि एमालेले सरकारको नेतृत्व गर्न निश्चित जस्तै भएको […]

सम्बन्धित सामग्री

लुम्बिनीमा नयाँ सरकार गठन तयारीमा जुट्यो माओवादी

लुम्बिनी प्रदेशमा नेकपा माओवादी केन्द्रबाट मुख्यमन्त्री बन्ने निश्चित भएको छ । संघीय सरकारमा गठबन्धन फेरिएसँगै कांग्रेसका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीलाई विस्थापित गरेर माओवादीको संसदीय दलका नेता जोखबहादुर महरा मुख्यमन्त्री बन्न लागेका हुन् । उनी रोल्पा क्षेत्र नम्बर १ (१)बाट निर्वाचित हुन् । महरा यसअघि एमाले नेता लीला गिरी नेतृत्वको सरकारमा अर्थमन्त्री बनेका थिए ।

महराको राजनीतिक यात्रा : शिक्षकदेखि सभामुखसम्म

काठमाडौं : माओवादी केन्द्रका नेता कृष्ण‍बहादुर महरा संघीय संसद्‍अन्तर्गत प्रतिनिधिसभाको सभामुख बन्ने निश्चित भएको छ। उनी संसद्‍मा बहुमत प्राप्त वाम गठबन्धनमा आबद्ध दल एमाले-माओवादीबाट सभामुखका उम्मेदवार बनेका छन्।   यसअघि, पाँचपटक मन्त्री बनिसकेका महराको मात्र सभामुखमा उम्मेदवारी प...

सभामुखमा महरा निर्विरोध, औपचारिक घोषणा भोलि हुने :: Pahilopost.com

काठमाडौं : प्रतिनिधि सभाको सभामुखमा नेकपा माओवादी केन्द्रका कृष्ण बहादुर महरा निर्विरोध चयन भएका छन्। आज दिउँसो १ बजेसम्म उम्मेदवार दर्ताको समय तोकिएकोमा महाराको मात्र मनोनयन दर्ता भएपछि उनी सभामुख बन्ने निश्चित भएका हो। शुक्रवार महराले सभामुख पदका लागि उम्मेदवार दर्ता गराएका थिए। नेपाली कांग्रेसले सभामुखमा उम्मेदवारी नदिने जनाएपछि